महेन्द्रनगर - ललितपुरको साबिक सैंबु गाविस–६ स्थित भैंसेपाटीका राजु थापाले २०५५ जेठमा आफ्नो नाताभित्रकी ८ वर्षीया बालिकालाई बलात्कार गरे । जेठ १२ मा त्यस दिन घरका मान्छे मेलामा गएका थिए । पहिले खैनी किन्न पठाए, खैनी ल्याएपछि ‘भनेजस्तो गर्न मानेमा १० रुपैयाँ दिन्छु, नमान्ने भए मार्दिन्छु’ भनेर उनले बालिकालाई आफन्तको घरमा बलात्कार गरेका थिए ।
बालिकालाई जबरजस्ती करणी गर्दा राजु १८ वर्षका थिए । अहिले ४१ वर्षका भए । उच्च अदालत पाटनले २०५७ असार २३ मा सो मुद्दा फैसला गर्दै उनलाई ३ वर्ष कैद सजाय तोकेको थियो । फैसला भएपछि उनी वर्षौँ प्रहरीको आँखाबाट किनारा लागेर बसे । तर, जेल सजाय ठहर भएको २१ वर्षपछि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।
शुक्रवार ललितपुरको झम्सिखेलबाट उनलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका उप निर्देशक (एसपी) कमल थापाले बताए ।
फैसलाको २१ वर्षसम्म प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन । राजु भैंसेपाटी स्थित पुरानो घरमा जान छाडेका थिए । प्रहरीले घरमा बेला बेला निगरानी गर्ने गरेको थियो । छिमेकीले पनि आफन्त भित्रकै बालिकालाई बलात्कार गरेको हुनाले उनीहरू आपसमा मिलेका होलान् भन्ने ठानेका थिए ।
पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकारीहरूले पुरानो फायल पल्टाएर उनलाई खोज्न थालेका थिए । ब्युरोका डिएसपी रोशन खड्काले उनी छोइला व्यापार गरेर बसेको सुराक पाए । सो सुराकको आधारमा उनी शुक्रवार पक्राउ परेका हुन् ।
ललितपुरको झम्सिखेलमा राजुले हाँसको छोइला व्यापार थालेको धेरै वर्ष भैसकेको थियो । उनको पसलको नाम थियो ‘श्याम दाइको हाँसको छोइला ।’ झम्सिखेलस्थित पुरानो ‘श्याम दाइको हाँसको छोइला’ पसलका सञ्चालकको छोरीसँग दोस्रो विवाह गरेर उनी वर्षौंदेखि ललितपुर महानगरपालिका वडा नम्बर–१८ स्थित भैंसेपाटीको पुरानो घरमा देखिन छाडेका थिए । पक्राउपछि ललितपुर जिल्ला अदालतको आदेशले उनलाई नख्खु कारागारमा थुनामा पठाइएको ब्युरोका एसपी कमल थापाले जानकारी दिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया