Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २७ गते सोमबार

२७ ब्यापारिक फर्म बिरुद्ध मुद्दा

महेन्द्रनगर - खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूषित र न्यून गुणस्तरका खाद्य पदार्थ उत्पादन बिक्री गर्ने २७ फर्म तथा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले चालू आर्थिक वर्षको पहिलो चार महिनामा ८५२ वटा अनुगमन गरेर नमुना सङ्कलन गरी परीक्षण गरेकामा ३६ वटा प्रतिकूल पाएकामा २७ वटा व्यापारिक प्रतिष्ठानविरुद्ध मुद्दा दायर गरेको जनाइएको छ । प्रथम चौमासिक प्रतिवेदन सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा विभागले सोबारे जानकारी दिएको हो ।

विभागका महानिर्देशक डा. मनिता जोशी वैद्यले दूध, मसला, खाद्यान्न, दलहन, पानी, चिया, सोयासस र दाना उत्पादकविरुद्ध खाद्य ऐन, २०२३ र नियमावली, २०२७ बमोजिम मुद्दा दायर गरिएको जानकारी दिनुभयो । नमुना परीक्षण गर्दा खाद्यान्नका आठवटा, प्रशोधित पिउने पानीका सातवटा, दूध तथा दुग्धजन्य पदार्थका चारवटा र दाना पदार्थका चारवटा नमुना न्यून गुणस्तरको फेलापरेको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो पटक मुद्दा दर्ता भएकामध्ये सबैभन्दा बढी दूध तथा दुग्धजन्य पदार्थमा रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “सो अवधिमा २१ वटा दूध वा दुग्धजन्य पदार्थको अनुगमन गर्दा नौवटा उद्योग, फर्मविरुद्ध मुद्दा दायर गर्नुपर्ने अवस्था आएको छ । ”
दूध र दुग्धजन्य पदार्थ खान अयोग्य वा जनस्वास्थ्यका लागि हानि गर्ने खालका भएपछि मुद्दा दायर गरिएको महानिर्देशक वैद्यले जानकारी दिनुभयो । उहाँका अनुसार मुद्दा दायर गरिएका मसला पाँचवटा, खाद्यान्न एवं दलहन पाँचवटा, पशोधित पिउने पानीका तीनवटा, चियाका दुईवटा, सोयासस, तेल, दानाका एक÷एकवटा उद्योगविरुद्धका छन् ।

विभागले सो अवधिमा सङ्कलित नमुनामध्ये खाद्यान्न र दलहनजन्य १३१ वटा, तेल तथा घिउजन्य ९४ वटा, फल तथा सागपातजन्य पदार्थका ७४ वटा, दाना पदार्थका ४५ वटा, मसलाका ४० वटा, चिया कफीका २८ वटा, दूध तथा दुग्धजन्य पदार्थका २१ वटा, प्रशोधित पिउने पानीका ४० वटा, कन्फेक्सनरीका १६ वटा नमुनाको विश्लेषण परीक्षण भएकामा ३६ वटामा प्रतिकूल पाइएको विभागका महानिर्देशक डा. वैद्यले जानकारी दिनुभयो ।

विभागले दुग्ध पदार्थसँग सम्बन्धित नौ, मसलाका पाँच र खाद्यान्न दलहन र यसबाट बनेको पदार्थमा पाँचवटा मुद्दा दायर गरिएको छ । पिउने पानीको तीन, चियाका दुईवटा, सोयाससमा एक र तेलमा एउटा कम्पनीविरुद्ध मुद्दा दर्ता गरिएको छ । यस्तै एउटा दाना कम्पनीविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ ।

पत्रकार सम्मेलनमा विभागका निर्देशक मोहनकृष्ण महर्जनले आव २०७८/७९ को प्रथम त्रैमासिक अवधिमा खाद्य÷दाना उद्योग होटल, राजमार्गका होटल अनुगमन तथा उजुरीउपर तत्काल सम्बोधन टोलीमार्फत् दुई हजार ३७ पटक निरीक्षण अनुगमन गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलमा सो अवधिमा १५८ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी २९५ उद्योग अनुज्ञापत्र नवीकरण तथा ७५० नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको पनि जानकारी दिइयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>