Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २७ गते सोमबार

भिमदत्त नगरपालिका १० काे भवन सिलान्यास ।

कंचनपुर -  भीमदत्त नगरपालिका वडा नम्बर १० को वडा कार्यालय शिलान्यास गरिएको छ । सोमबार नगर प्रमुख सुरेन्द विष्टले वडा कार्यायल भवनको शिलान्यास गर्नुभएको हो । भीमदत्त नगरपालिकाले आफ्नै वडा कार्यालय भवनबाट सेवा दिने उद्देश्यका साथ सबै वडामा कार्यालय भवन निर्माण गरिरहेको छ । जसमा हालसम्म ८ वडाका कार्यालय भवन निर्माण सम्पन्न भईसकेका छन भने अन्य निर्माणको चरणमा छन् ।


जिमुवा बजार नजिकै निर्माण हुन लागेको उक्त भवन वाई.आर. कन्स्ट्रसनले निर्माण गरिरहेको छ । भवनको शिलान्यास गदैँ नगरप्रमुख विष्टले नगरपालिकाले पुर्वाधार निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाएको बताउनु भयो । उहाँले नगरपालिकाले बहुउद्देश्यीय भवनको रुपमा वडा कार्यालयलाई निर्माण गरिरहेको बताउनुभयो ।


‘नगरपालिकाले कार्यालयका गतविधि मात्रै नभई सामुदायिक भवनको रुपमा अन्य कार्यक्रम सञ्चालन गर्न सकिने गरि भवन निर्माण गरिरहेको छ ।’ नगर प्रमुख विष्टले भन्नुभयो । ‘नगरपालिकाको सेवालाई अझै प्रभावकारी बनाउने गरि काम भईरहेको छ, सबै क्षेत्रको विकासलाई जनअपेक्षा अनुसार अघि बढाएको छौँ ।’


त्यस्तै भीमदत्त नगरपालिका प्रदेश र संघलाई समृद्ध बनाउन महत्वपुर्ण सम्भावना बोकेको स्थानीय तहको रुपमा रहेको बताउँदै उहाँले भने । ‘महाकाली चार लेन पुल, दोधराचाँदनी शुख्खा बन्दरगाह, महाकाली करिडोरले यस क्षेत्रमा ठुलो आर्थिक रुपमान्तरण ल्याउने योजना हुन्, नगरपालिकाले यहाँका जनतालाई ती योजनासँग जोडेर काम गर्न नगरपालिकाले पहल कदमी गरिरहेको छ ।’


त्यस्तै विकासमा राजनीति नभई विकासका लागि राजनीति गर्नुपर्नेमा जोड दिदैँ उहाँले नगरपालिकाले सरोकारवाला सबैसँगको सहकार्य तथा समन्वयमा काम गरिरहेकाले सबैतिरका सहयोग अपेक्षा पनि गर्नुभयो । साथै भवन निर्माणका लागि बजेट अभाव नहुने बताउदैँ समयमै गुणस्तरिय काम गर्न पनि उहाँले निर्देशन दिनुभएको छ ।
त्यस्तै भीमदत्त नगरपालिकाका नगर प्रवत्ता हिमाल चन्दले भीमदत्त देशकै नमुना पालिकाको रुपमा काम गरिरहेको बताउनु भयो । उहाँले चार वर्षको दौरानमा नगरपालिकामा विकासको जग बसेको र समृद्धीका पुर्वाधार तयार भएको बताउनु भयो ।


त्यस्तै वडाध्यक्ष प्रमानन्द जोशीले जग्गा प्राप्तीमा ढिलाई हुदाँ निर्माण कार्यमा पनि ढिलाई भएको बताउनु भयो । उहाँले चाडैँ वडा कार्यालय निर्माण गरि वडावासीलाई अझै प्रभावकारी रुपमा सेवा दिईने प्रतिवद्धता पनि जाहेर गर्नुभयो । कार्यालय भवन निर्माणका लागि ठेक्का सम्झौता भएपनि निर्माणस्थल अभावका कारण काम रोकिएको थियो ।


२०७९ असारसम्ममा निर्माणका कार्य सक्ने लक्ष्य लिईएको वडा कार्यालय निर्माणपछि सेवा प्रवाह अझै प्रभावकारी हुने अपेक्षा गरिएको छ । भवन निर्माणका लागि एक करोड ६६ लाख १५ हजारमा ठेक्का सम्झौता भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>