Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २८ गते मङ्गलबार

बैङ्कहरुकाेे निक्षेप घट्दाे क्रममा ।

कंचनपुर -पछिल्लो समय घटिरहेको वाणिज्य बैङ्कको निक्षेप सङ्कलन मङ्सिर महिनामा पनि रोकिएन । मङ्सिर तेस्रो साता बैङ्कमा सात अर्ब रुपियाँ निक्षेप थपिए पनि चौथो सातामा आएर पाँच अर्बले घटेको छ ।
नेपाल बैङ्कर्स सङ्घका अनुसार मङ्सिर चौथो साता पाँच अर्ब रुपियाँ निक्षेप घट्दा पनि वाणिज्य बैङ्कले सात अर्ब रुपियाँले कर्जा विस्तार गरेका छन् । वाणिज्य बैङ्कमा निक्षेप थपिने क्रम रोकिए पनि कर्जा प्रवाह तुलनात्मक रूपमा केही बढी छ । निक्षेप बढ्न नसक्दा कर्जा विस्तारको आकार भने खुम्चँदै गएको छ ।

मङ्सिर महिनामा मात्रै वाणिज्य बैङ्कबाट १२ अर्ब रुपियाँ निक्षेप बाहिरिएको छ भने यस अवधिमा बैङ्कहरूले ४२ अर्ब रुपियाँले कर्जा विस्तार गरेका छन् । वाणिज्य बैङ्कहरूले चालू आर्थिक वर्ष सुरु भएयता अर्थात् साउनदेखि मङ्सिर २४ गतेसम्ममा तीन खर्ब ५५ अर्ब रुपियाँ कर्जा विस्तार गरेका छन् भने २० अर्बले मात्र निक्षेप थपिएको छ । अहिले वाणिज्य बैङ्कहरूको कर्जा निक्षेप अनुपात ९१.२४ प्रतिशत पुगेको छ ।

मङ्सिर महिनाको २४ सम्ममा बैङ्कहरूले कुल ४२ खर्ब २१ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् भने सोही अवधिमा बैङ्कहरूले कुल कर्जा ४० खर्ब ७७ अर्ब रुपियाँ पुगेको छ । राष्ट्र बैङ्कको व्यवस्थाअनुसार कर्जा निक्षेप अनुपात ९० भन्दा माथि जानु हुँदैन । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाले कर्जा–निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा सीमामा ल्याउने समयावधि दिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>