Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २८ गते मङ्गलबार

मंगलबार सकारात्मक सर्किट सहित काराेबार बन्द ।

महेन्द्रनगर - सेयर बजारमा सकारात्मक सर्किट लागेर बन्द भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सुरुवातबाटै हरियाली छाएको सेयर बजारमा कारोबार सुरु भएको १२ बजेर ३८ मिनेटमा नेप्से ५ प्रतिशतले वृद्धि भएपछि ४० मिनेटको लागि कारोबार रोकिएको हो ।

दिउँसो १२ बजेर ३८ मिनेटमा कारोबार रोकिएर एक बजेर १८ मिनेटमा खुलेको नेप्से अर्को ८ मिनेटमा नै अर्को १ प्रतिशत वृद्धि भएर ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको छ । नेप्से १३७.१८ अंकले बढेर  २४१८.८५ अंकमा बन्द भएको छ ।

कारोबार सुरु भएको पहिलो एक घण्टामा नेप्सेमा चार प्रतिशतको घटबढ हुँदा २० मिनेट, दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटबढ भएमा ४० मिनेट र ६ प्रतिशतले घटबढ हुँदा उक्त दिनको लागि कारोबार बन्द हुन्छ । नेप्से ६ प्रतिशतले बढेसँगै आजको लागि कारोबार बन्द भएको छ ।  

शनिबार सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारलाई 'साम्राज्यवादको विकसित रूप' भएको टिप्पणी गरेका थिए । त्यसपछि आइतबार र सोमबार उच्च गिरावट भएको बजारमा आज भने ‘बाउन्स ब्याक’ हुँदै सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>