Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २९ गते बुधबार

माअाेवादिकाे सुदुरपश्चिम प्रदेश २२३ सदस्य चयन गर्दै सम्पन्न ।

धनगढी । नेकपा (माओवादी केन्द्र)को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन सम्पन्न भएकाे छ । कैलालीकाे धनगढीमा चार दिनसम्म चलेकाे सम्मेलनले २२३ सदस्यीय प्रदेश कमिटी चयन गरेकाे छ ।

टाेल वडा र पालिका अधिवेशन गरेर प्रदेश सम्मेलनमा हाेमिएकाे माओवादी केन्द्रका नाैंवटै प्रदेश सम्मेलनकाे गत आईतवार अध्यक्ष प्रचण्डले एकैसाथ उद्घाटन गरेका थिए ।

१३ सय बढी प्रतिनिधि सहभागी सुदूरपश्चिम प्रदेश सम्मेलनकाे बन्दसत्रले २ जना पछि थप्नेगरी २२३ सदस्यीय प्रदेश कमिटी चयन गरेकाे निबर्तमान प्रदेश अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिए । प्रदेश कमिटीकाे पहिलाे बैठकवाट पदाधिकारीकाे चयन हुने उनकाे भनाई छ ।

सुदूरपश्चिम प्रदेश सम्मेलन मार्फत एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी सहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गरिने तयारी गरिएको थियो । तर, प्रदेश सदस्यको कोटामै विवाद देखिएपछि पदाधिकारीको टुङ्गो नलगाई सम्मेलन सम्पन्न गरिएको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>