Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २९ गते बुधबार

भारतीय रक्षामन्त्रीले भने- शिर झुकाएर बस्नुपरे पनि नेपालसँगको सम्बन्ध बिग्रन दिन्नौं


भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सम्बन्ध कुनै पनि हालतमा बिग्रिन नदिने बताएका छन्।

नेपालको सीमावर्ती राज्य उत्तराखण्डमा बुधबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नरेन्द्र मोदी सरकारका वरिष्ठ मन्त्री सिंहले चाहे शिर झुकाएर बस्नुपरे पनि नेपालसँगको सम्बन्ध बिग्रिन नदिने बताएका हुन्।

 सीमामा बस्ने नागरिकलाई आफूहरूले रणनीतिक महत्वको हिस्सा मान्ने बताए।
उनले
'उत्तराखण्डको सीमा नेपाल र तिब्बतसँग जोडिन्छ। जहाँसम्म नेपालको प्रश्न छ, नेपालसँग हाम्रो रोटी र बेटीको सम्बन्ध छ। नेपालसँग हाम्रो सांस्कृतिक सम्बन्ध छ,' सिंहले भने, 'म तपाईंहरूलाई यो जानकारी दिन चाहन्छु, केही तत्वहरू यस्ता छन् जो नेपाल र भारतको सम्बन्धलाई खराब गर्न चाहन्छन्।'
 सीमामा बस्ने नागरिकलाई आफूहरूले रणनीतिक महत्वको हिस्सा मान्ने बताए।

उनले नेपाल-भारत सम्बन्ध बिगार्न चाहने तत्व को हुन् भन्ने खुलाएनन्।
सरकारको प्रतिनिधि हुनुको नाताले म भन्न चाहन्छु चाहे जेसुकै होस्, हामीले शिर झुकाएर बस्नु किन नपरोस्, छिमेकी नेपालसँगको सम्बन्ध हामी कहिल्यै फुट्न दिने छैनौं। नेपालसँगको सम्बन्ध कहिल्यै बिग्रन दिने छैनौं,' सिंहले भने। 

त्यसपछि उनले लिपुलेक जाने बाटोको कुरा गरेका थिए। लिपुलेकमा नेपाली भूमि हो। पछिल्ला केही दशकदेखि त्यहाँ भारतको नियन्त्रण छ। पछिल्लो समय भारतले लिपुलेकसहितको भूभागलाई आफ्नोमा राखेर नक्सा जारी गरेको थियो भने लिपुलेकसम्म पुग्ने सडक उद्घाटन गरेको थियो।

त्यसपछि नेपालले लिपुलेक लगायत नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेको थियो।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>