Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
२०७८ पुष ०१ गते बिहिबार

कर्मचारीलाई १० दिने स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम अर्थ मन्त्रालयमै अलपत्र ।

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी कर्मचारीलाई १० दिनको तलब र बिदा दिएर स्वदेश भ्रमण गराउने सरकारको कार्यक्रम अर्थ मन्त्रालयमै अलपत्र परेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले कार्यविधि तयार पारेर स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको भए पनि फाइल अघि नबढ्दा सो कार्यक्रम अलपत्र परेको हो । सो कार्यक्रम अर्थ मन्त्रालयका कारण कार्यान्वयनमा ल्याउन नसकिएको पर्यटन मन्त्रालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता डा. टोकराज पाण्डेले आफूहरूले पठाएको कार्यविधि अर्थ मन्त्रालयबाट स्वीकृत भएर नआउँदा सो कार्यक्रम लागू हुन नसकेको बताए । ‘अर्थ मन्त्रालयबाट स्वीकृति भएर आउनासाथ कार्यान्वयन भइहाल्छ,’ प्रवक्ता पाण्डेले भने ।
अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यले पर्यटन काज बिदासम्बन्धी कार्यविधिमा अहिलेसम्म कुनै छलफल नभएको बताउँदै यस विषयमा विभिन्न मन्त्रालयसँग राय सुझाव लिनै बाँकी रहेको बताए । ‘पर्यटन मन्त्रालयबाट कार्यविधि आएको भन्ने मैले पनि सुनेको हो तर अहिलेसम्म छलफल भएको छैन । हामीले मात्र निर्णय गर्ने कुरा भएन, त्यहाँ निजामती कर्मचारीको कुरा जोडिएको छ । अझै सामान्य प्रशासन मन्त्रालयलगायत अन्य मन्त्रालयसँग राय लिन बाँकी छ,’ उनले भने । यो समाचार आजको राजधानी दैनिकमा छ  । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>