Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०१ गते बिहिबार

संघिय मामिला तथा सामान्य प्रशासन मंन्त्रालयकाे पुर्नरसंरचा हुने ।

सरकारले सङ्घीय  मामिला  तथा  सामान्य प्रशासन  मन्त्रालयलाई  सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण गर्ने गरी पुनर्संरचना गर्ने भएको छ । सङ्घीयता कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका रूपमा रहेको मन्त्रालय सङ्घीयता कार्यान्वयनभन्दा  पनि  कर्मचारीको सरुवा र बढुवामै केन्द्रित भएकाले मन्त्रालयको पुनर्संरचना गर्न लागिएको बताइएको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले मन्त्रालयलाई पुनर्संरचना गरेपछि कर्मचारी व्यवस्थापन एवं अभिलेख विभाग र सङ्घीय मामिला तथा अन्तरतह सहजीकरण विभाग निर्माण गरिने जानकारी दिए । उनका अनुसार कर्मचारी व्यवस्थापन एवं अभिलेख विभागले अहिले राष्ट्रिय निजामती किताबखानाले गर्ने कर्मचारीका सबै अभिलेख राख्ने काम गर्ने र शाखा अधिकृत वा सोभन्दा तलका कर्मचारीको सरुवा र बढुवासमेत सोही विभागले गर्नेछ ।
त्यस्तै सङ्घीय मामिला तथा अन्तरतह सहजीकरण विभागले स्थानीय र प्रदेश तहमा समन्वय गर्ने, नीतिगत काम र अहिले स्थानीय पूर्वाधार विभागले गर्ने सडक, पुल, खानेपानीलगायतका साना विकासका आयोजनाका काम स्थानीय तहलाई हस्तान्तरण गरिने गरी मन्त्रालयको पुनर्संरचना गर्न लागिएको छ । मन्त्रालयको पुनर्संरचना भएपछि संविधानमा  नै  व्यवस्था  गरिएका जनजाति, मधेसी, दलित, मुस्लिम, आदिवासी र थारू आयोगसँगको समन्वयको कामसमेत सङ्घीय मामिला तथा अन्तरतह सहजीकरण विभागले  गर्नेछ ।  विभागमा  दुई महाशाखा हुनेछन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>