Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०२ गते शुक्रबार

काँग्रेस सहमहामन्त्रीमा उपाध्याय, परियार र आङ्दाम्बे विजयी, कसको मत कति ?

नेपाली काँग्रेसमा  महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी  भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कमला पन्तले दुई हजार १०५ मत ल्याइन् ।     महिलातर्फ कूल चार हजार ६५० मत खसेकामा ५४ मत बद​र भएको काँग्रेसको केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । यसैगरी दलित तर्फको सहमहामन्त्रीमा जीवन परियार विजयी भएका छन् । उनले दुई हजार २१२ मत ल्याएर विजयी भए ।     उनका निकटतम प्रतिस्पर्धी मानबहादुर विश्वकर्माले दुई हजार १७५ र गङ्गा सुनारले २२९ मत प्राप्त गरे । दलिततर्फ कूल चार हजार ६७० मत खसेको थियो । त्यस्तै काँग्रेसको जनजाति क्लस्टर अन्तर्गत सहमहामन्त्रीमा भीष्मराज आङ्दम्बे दुई हजार ७११ मतका साथ विजयी भए ।                                         उनका निकटतम प्रतिस्पर्धी विकास लामाले  विकास लामाले एक हजार ९१३ मत प्राप्त गरे । आदिवासी जनजातितर्फ कूल चार हजार ६८१ मत खसेको थियो । काँग्रेसको सभापति बाहेकका पदाधिकारी र सदस्यको पार्टी केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको हो । काँग्रेस सहमहामन्त्रीमा आठ जना निर्वाचित हुने व्यवस्था छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>