Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०२ गते शुक्रबार

सुदुरपश्चिम सरकार स्थानिय तहमा खेलकुद परिषद बिस्तार गर्दै ।

धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले प्रदेश सरकार खेलकूद क्षेत्रकाे बिकासमा लागिपरेकाे बताएका छन् । कैलालीको गोदावरीमा सुदूरपश्चिम राजधानी कप महिला तथा पुरुष प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहमा खेलकुद परिषद् बिस्तार गर्न लागेकाे बताएका हुन् ।

सुदूरपश्चिमको खेलकुदको विकासका लागि साझा धारणा बनाउन आवश्यक रहेकोमहशुस गरेर सरकारले प्रदेशमा प्रदेश खेलकुद परिसद् सबै जिल्लामा खेलकूद विकास समिति स्थापना गरिसकेकाे बताए । उनले भने अब छिट्ट स्थानीय तहमा खेलकूद परिषद् बिस्तार हुने बताए ।

उनले खेलकुदको विकासका लागि प्रदेशमा स्थापना भएको प्रदेश खेलकुद परिसद् मार्फत साझा धारणा बनाएर काम गर्न आवश्यक रहेको समेत बताए ।

‘खेलमा सुदूरपश्चिमका युवाहरुको अहम भूमिका खेलिरहनु भएको छ’ उनले भने ‘यसलाई मध्यनजर गर्दै सुदूरपश्चिम सरकार पनि तालिम लगायत खेलकुदका कार्यक्रम संचालनका लागि लागिपरेको छ ।’ उनले एउटा निर्वाचन क्षेत्रमा प्रदेश सरकारले एक खेल मैदान बनाउने गरि काम गरिरहेको बताए ।

सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता २०७५ सालदेखि सुरु भएको थियो । तेस्रो संस्करण अन्तरगत यस प्रतियोगितामा पुरुषतर्फको खेलमा प्रथम पुरस्कार ५ लाख, द्धितिय पुरस्कार २ लाख ५० हजार तोकिएको छ । त्यस्तै सर्वोकृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट गोर रक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्य मैदान खेलाडी र उत्कृष्ट अग्र मैदान खेलाडीलाई १५/१५ हजार पुरस्कार वितरण गरिने छ । प्रत्येक खेलमा म्यान अफ द म्याचका लागि ४ हजारका दरले ९ वटा खेलमा ३६ हजार दिइनेछ ।

त्यस्तै महिला तर्फको खेलमा प्रथम पुरस्कार १ लाख ५० हजार, द्धितिय पुरस्कार ७५ हजार राखिएको छ भने सर्बोकृष्ट खेलाडीलाई १५ हजार पुरस्कार दिइने जनाईको छ । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मध्य मैदान खेलाडी, उत्कृष्ट अग्र मैदान खेलाडीलाई १०/१० हजारका दरले पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । महिला तर्फको ओम्यान अफ द म्याच स्वरुप प्रत्येक खेलमा ३ हजारका दरले १५ हजार पुरस्कार दिइने छ ।

पुस १० गते सम्म संचालन हुने प्रतियोगितामा पुरुष तर्फका ८ टिम र महिला तर्फका ६ टिम सहभागी छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>