Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०३ गते शनिबार

बण्डलका बण्डल पैसा बाटाे टिपेन देखेपछी ..


गत २६ मंसिरका दिन घोराही १० नारायणपुरका व्यवसायी खिमराज शर्मा घोराहीस्थित सिद्धार्थ बैंकबाट ७ लाख रुपैयाँ निकाली घरतर्फ लागे । तर, घर पुग्दा उनीसँग रकमको झोला थिएन । रकम हराएपछि आत्तिएका उनले तुरुन्तै प्रहरीलाई जानकारी गराए ।
महानगरीय प्रहरी शिक्षालय काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिता महत साँझ ५ बजे अटो चढेर घोराही उपमहानगरपालिका–१० खैराबाट पूर्व घोराही बजार जाँदै थिइन् । त्यसक्रममा उनले सडकमा अनौठो दृश्य देखिन् । दृश्य कस्तो भने व्यस्त बीच सडकमा दुई युवा छिटोछिटो पैसाको बन्डल टिपेर झोलामा राख्दै थिए । ती युवा अलि आत्तिएको र हडबड गरिरहेको उनले ठम्याइन् ।
त्यसपछि उनले प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरिन् । ‘कतैबाट पैसा हराएको सूचना आएको छ ?’ उनको प्रश्न भुईंमा खस्न नपाउँदै जवाफ आयो– छ ।’ त्यसपछि हतार हतार सडकबाट त्यो पैसा टिप्नेहरूको पैसा नभएको निष्कर्षमा उनी पुगिन् । र एउटा जिम्मेवार नागरिकको कर्तव्य निर्वाह गर्नतर्फ लागिन् ।
हटलाइन नम्बर उठाउने प्रहरी कर्मचारीसँग उनले जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको नम्बर मागिन् । मोटरसाइकल नम्बर पनि टिपाइन् । सोधखोजकै क्रममा मोटरसाइकल धनीको पहिचान खुलेपछि प्रहरीले लगत्तै तुलसीपुर १२ कचिलाका निमबहादुर चौधरीलाई सम्पर्क गर्‍यो । रकम फेला पार्ने निमबहादुरले सुरक्षित ढंगले राखेका थिए । भेटिएको रकम डीएसपी रिजाल र प्रहरी निरीक्षक महतले संयुक्त रूपमा धनी शर्मालाई हस्तान्तरण गरेका थिए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>