Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ पुष ०३ गते शनिबार

माइति जादा भिरबाट लडेर श्रिमान श्रिमतिकाे मृत्यु


शुक्रबार दिउँसो ३ बजे मुसिकोट नगरपालिका वडा नम्बर १ बाङ्गेस्थित एक सामुदायिक वनको भीरबाट खसेर एक दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले जानकारी दिए। 

भीरबाट लडेर २६ वर्षीय श्रीमान मनु सार्की र २५ वर्षीया श्रीमती ज्ञानू परियारको मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक पाण्डेका अनुसार उनीहरू गोरेटो बाटोबाट झण्डै ७ देखि ८ सय मिटर तल खसेका थिए। 

हाम्रो प्रारम्भिक अनुसन्धान अनुसार सुरूमा एक जना लडेर खसेको देखिन्छ, त्यसलाई बचाउनेक्रममा अर्को पनि खसेकोजस्तो देखिन्छ,’ पाण्डेले भने, ‘घटना भएको थाहा पाएलगत्तै उद्धारको लागि टोली खटिएर दुबैलाई अस्पताल पुर्‍याएका थियौं।’
उनीहरूको उद्धार गरी जिल्ला अस्पताल तम्घास पठाइएको थियो। अस्पताल लगेर उपचार गराएको १०-१५ मिनेटमै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए। 

उनका अनुसार श्रीमतीलाई लिएर श्रीमान ससुराली जाँदै थिए। छिटो पुग्ने बाटो भएको हुँदा उनीहरूले त्यहाँको बाटो प्रयोग गरेका थिए। त्यसैक्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ। 

घटनासम्बन्धी प्रहरीले थप अनुसन्धान अघि बढाएको बताएको छ। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>