Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०३ गते शनिबार

सहकारि संस्थाकाे पदाधिकारि चुन्न निर्वाचन ।

बैतडी –बैतडीमा एक सहकारी संस्था सञ्चालक समितिका पदाधिकारी चयनका लागि मतदान भएको छ । सहमतिमा सञ्चालक समिति चयन हुन नसकेपछि अध्यक्ष र उपाध्यक्ष पदका लागि मतदान भएको हो । 

जिल्लाको दशरथचन्द नगरपालिका २ स्थित जनकालिका बचत तथा ऋण सहकारी संस्थाको नयाँ अध्यक्ष र उपाध्यक्षका लागि शनिबार मतदान भएको हो । अध्यक्ष पदका लागि खडकबहादुर बोहरा र प्रकाश बोहरा चुनावी प्रतिस्पर्धामा छन् । खडक नेकपा एमाले दशरथचन्द नगरपालिका वडा नं २ का वडा कमिटि अध्यक्ष हुन् भने प्रकाश बोहरा नेकपा माओवादी केन्द्रका दशरथचन्द नगरकमिटि उपाध्यक्ष हुन् । 

यस्तै उपाध्यक्ष पदका लागि बीरबहादुर बोहरा (सुवेदार) र बीरबहादुर बोहरा चुनावी मैदानमा छन् । बीरबहादुर बोहरा (सुवेदार) कांग्रेस निकट हुन् भने अर्का बीरबहादुर एमालेका वडा कमिटि सदस्य हुन् । 

सहकारी संस्थाको २४ औं साधारणसभाले सहमतिमा नेतृत्व चयन गर्न नसकेपछि आज मतदान भएको हो । आज सम्पन्न भएको मतदानमा ७७५ जना शेयर सदस्य मध्ये ५५२ जनाले मतदान गरेका छन् । अहिले मतगणना भईरहेको छ । 

सहकारी संस्थाको सचिवमा अर्जुनराम लावड, सहसचिवमा पुष्पा बोहरा, कोषाध्यक्षमा प्रेमसिंह बोहरा लगायत अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>