Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ कार्तिक २८ गते आइतबार

सुरेस बडू ,संखुवासभा ।                          संखुवासभाको खाँदबारी नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल मनकमनामा लाग्ने एकादशी मेलाको अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।                                         आइतबार बिहान बसेको कार्यपालिका बैठकले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको खाँदबारी नगरपालिका मेयर मुरारी प्रसाद खतिवडाले जानकारी दिए ।  कार्यपालिका बैठकले हरिबोधनी एकादशीको अवसरमा दुई दिन स्थानीय पर्व बिदा दिने निर्णय गरेको नगरप्रमुख खतिवडाले बताए । कार्यपालिकाको निर्णयअनुसार दुई दिन सरकारी तथा गैरसरकारी कार्यालय,शैक्षिक संस्था बिदा रहने छन् ।    चर्चित धाम मनकामना परिसरमा हरिबोधनी एकादशीका दिन ठूलो मेला लाग्ने गरेको छ । हरिबोधनी एकादशीका दिन मनकामनाको दर्शन गर्न भारतका विभिन्न स्थान र  झापा,मोरङ,सुनसरी,धनकुटा,भोजपुर र तेह्रथुम लगायतका जिल्लाबाट मेला भर्न आउने गरेका छन् । सडक विस्तारसँगै केही वर्षयता मनकामनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>