Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०४ गते आइतबार

अपराधको आँखडा बन्दै शुप प्रदेश राजधानी ।

कैलाली - सुदूरपश्चिम प्रदेशको राजधानी रहेको जिल्ला कैलाली अपरोधको आँखडा बन्दै गएको छ । ठुल ठुला जघन्य हत्या जस्ता अपराधको कैलाली आँखडा बन्दै गएपछि स्थानीय त्रसित भएका छन । तस्कर समुहले गत बर्ष प्रहरीकै हत्या गरेको थियो । केही दिन पहिला भुपेन्द्र बडूवालको हत्या भएको घटना सेलाउन नपाउँदै फेरी कैलालीको जानकी गाँउपालिकामा एक युवकको विभत्स क्र्रुर तरिकाले हत्या भएको छ । जानकी गाँउपालिका ९का अर्जुन दासको विभत्स हत्यासंगै कैलालीमा संनसन मच्चिएको छ । हत्यामा संलग्न अरु कोही नभई आफ्नै चिनेजानेका र साथिभाई संलग्न विभिन्न घटनाक्रमले खुलेको छ । दासको पनि त्यही हुनसक्ने प्रहरीको पूर्वानुमान छ । शनिबार दिउँसो जानकी गाउँपालिका–९ की धर्नादेवी दास हतास मनस्थितिमा प्रहरी चौकी अमरावती पुगिन । फेसबुक म्यासेन्जरमा एक जना व्यक्तिको हत्या भएको ‘अडियो’ आएपछि उनी अत्तालिँदै प्रहरी कहाँ पुगेकी थिइन । एक जना छिमेकीसँग भएको कुराकानी पाएपछि उनलाई शंका थियो, ‘कतै हत्या गरिएका व्यक्ति मेरै श्रीमान्न त होइनन् ?’ किनकी, श्रीमान अर्जुन दास पनि शुक्रबार अपरान्हदेखि नै बेपत्ता थिए ।

रुँदै श्रीमतीले दिएको अडियो पाएपछि अनुसन्धान गर्ने सुरसार गरिरहँदा प्रहरीले अमरावती सामुदायिक वनमा एक जनाको विभत्स अवस्थामा शव भेटिएको सूचना पायो । वनका पालेले जनप्रतिनिधिलाई शव भेटिएको जानकारी दिएपछि प्रहरीलाई बोलाउन वडाध्यक्ष सहितको टोली चौकीमा पुगेको थियो । ‘जनप्रतिनिधिले पनि अडियोमा भनिएजस्तै अवस्थाको शव भेटिएको बताएपछि सामुदायिक वनमा गएर र्हेयौं, शव त अडियो दिने महिलाकै श्रीमानको भएको खुल्यो’ । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार ‘प्रहरी पुग्दा टाउको र शरीर अलग–अलग भएको अवस्थामा शव भेटिएको थियो ।’ कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार शव बरामद हुँदा रात परिसकेकाले बेलुकी घटनास्थललाई सुरक्षित गरेर राखियो । ‘आइतबार बिहान मुचुल्का गरेर शवलाई पोष्टमार्टम गर्ने तयारी गरिरहेका छौं’ उनले भने, ‘तालिम प्राप्त कुकुरलाई घटनास्थलमा ल्याएर अनुसन्धान भइरहेको छ ।’ अनुसन्धानका क्रममा अर्जुनको धारिलो हतियार प्रहार गरेर विभत्स हत्या गरेपछि कपडा खोलेर रुखमा बाँधेको हुनसक्ने देखिएको जोशी बताए । ‘हात पनि पछाडि बाँधिदिएको देखिएको छ ।’ घटना लगत्तै समाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा आफूहरु हत्या गरेर रुपैडिया नाका हुँदै बैंग्लोर भागेको दाबी गरिएको छ । प्रहरीले यही अडियोको आधारमा अनुसन्धान अघि बढाएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार अडियोमा घाँटी र शरीर अलग–अलग गरिदिएको बताउने व्यक्ति जानकी गाउँपालिका–९ कै अर्जुन भण्डारी हुन ।

‘उनले शनिबार बिहान अरुणका छिमेकी समेत पर्ने एक जना युवकको म्यासेन्जरमा आफूले हत्यापछि गरेको फोन वार्ताको अडियो पठाएका रहेछन’ ती अधिकृतले भने । मृतककी श्रीमतीलाई हत्यापछिको अडियो पठाउने युवकलाई प्रहरीले निगरानीमा राखेको जनाएको छ । कैलाली प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले मृतककी श्रीमतीलाई अडियो पठाउने युवक सहित अन्य शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राखिएको बताए । ‘अडियो प्राप्त भएपछि नै घटनाको बारेमा जानकारी भएको हो,’ जोशीले भने, ‘अहिले त्यससँग जोडिएका सबै मानिसहरु निगरानीमा छन । कसैलाई नियन्त्रणमा लिइसकेको अवस्था भने छैन ।’ मृतक दासले लागूऔषध प्रयोगकर्ता रहेको प्रहरीको अनुमान छ र त्यसकै कारण हत्या भएको हुनसक्ने भनिएको छ । मृतक सामान्य मजदूरी गर्ने गर्थे । कैलालीमा एकसेएक नयाँ नयाँ प्रकृतिमा अपराधका घटना हुन थालेपछि स्थानीय समेत त्रसित भएका छन । कैलालीमा तस्कर समुहबाटै जनताको सुरक्षादिने हतियारधारी नै मारिएसंगै अन्य सर्वसाधारण अझै असुरक्षित भएको मानव अधिकारर्कीको भनाई छ । अपराधबाट मुक्त गराउनका लागि अपराधीको सफाया गर्नुको विकल्प नभएको स्थानीय बुझाई छ । स्थानीयले तस्कर प्रहरीसंग मिल्नु र अपराधी राजनीतिक संग मिल्दाको परिमाण जहिले नै अपराधले प्रसय पाउँदै आएको छ । अपराधको जरै उलेख्नका लागि प्रहरीको सकृयता ईमान्दारिता र नागरिकले असल नागरिकको कर्तव्य निर्वाह गर्नुपर्नेमा जोडदिएका छन । देशमा तीन सरकार हुँदा समेत जघन्य अपराध नियन्त्रणका लागि प्रभावकारी कदम ल्याउन कुनैपनि सरकारी निकायबाट पहल नभएको बरु योजना ल्याउने बजेट कुम्याउने मात्रै काम भएको नागरिकको धारणा छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>