Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
गंगा भट्ट
२०७८ साउन २५ गते सोमबार

कोरोना संक्रमण बढीरहेको बेला सुदूरपश्चिम विश्वविद्यालयले गर्न लागेको भौतिक परिक्षाका कारण विद्यार्थीमा संत्रास

कोरोना संक्रमण बृद्धि भैरहेको भन्दै यसले निम्त्याउने थप जोखिम कम गर्नका लागि स्वास्थ्य मन्त्रालयको आग्रहमा राष्ट्रिय परिक्षा बोर्डले साउन ३१ गतेदेखि हुन लागेको कक्षा १२ को परिक्षा स्थगित गरेको छ । कोरोना संक्रमणको दर बृद्धि भएसंगै मृत्युदर पनि बढीरहेको छ । सरकारले बढी भिडभाड हुने क्षेत्रहरु नियन्त्रण गर्नुका साथै सबैजसो कलेज र बिद्यालयका परिक्षाहरु तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ । कोरोना संक्रमणकै कारण देखाएर अनलाइन परिक्षा लिदै आएको सुदूरपश्चिम विश्वविद्यालयले भने आगामी भाद्र २ गतेदेखि स्नातकोत्तर दोस्रो र चौथो सेमेस्टरको परिक्षा भौतिक उपस्थितीमै गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमण न्युन हुने अनुुमानका आधारमा परिक्षा तालिका तोकेको सुदूरपश्चिम विश्वविद्यालयले कक्षा १२ को परिक्षा स्थगित भैसकेको र कोरोना संक्रमण दर बढदै गएको अवस्थामा के गर्ने भन्ने निर्णयमा पुग्न सकेको छैन । त्रिभुवन विश्वविद्यालयले परिक्षा स्थगित नगरेको हुदा आफुहरुले पनि परिक्षा भौतिक रुपमा गर्नुपर्ने केही पदाधिकारीहरुको तर्क रहेपनि त्रिभुवन विश्वविद्यालयको परिक्षा सकिनै लागेको र तेहि कुरा देखाउदै सुदूरपश्चिम विश्वविद्यालयले अवस्थाको ख्याल नगरी भौतिक परिक्षा लिन उचित नहुने स्वासथ्य विज्ञहरुको भनाइ रहेको छ । अनलाइन परिक्षा लिइरहेको विकल्प भएकोले सुदूरपश्चिम विश्वविद्यालयले अनलाइन माध्यमबाटै परिक्षा गराउन हितकर हुने उहाहरुको भनाइ रहेको छ ।

सुदूरपश्चिम विश्वविद्यालय स्नातकोत्तर तहका विद्यार्थीहरुले भने कोरोना संक्रमण बढीरहेको बेलामा भौतिक उपस्थितीमा परिक्षा संचालन गर्नु भनेको जबरजस्ती कालको मुखमा धकेल्नु हो भन्दै भौतिक परिक्षाका बारेमा पुनर्बिचार गर्न सुदूरपश्चिम विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयको ध्यानाकर्षण गराएका छन । बैकल्पिक माध्यमबाट (अनलाइको माध्यमबाट) परिक्षा संचालन भैरहेकोले अनलाइन माध्यमबाट नै परिक्षा संचालन हुनुपर्ने बिद्यार्थीहरुको माग रहेको छ । कोरोना संक्रमण बढीरहेका कारण भौतिक माध्यमबाट परिक्षा गर्दा आफुहरु कोरोना संक्रमणको जोखिममा पर्ने भएकोले यस बारेमा बेलौमा सोच्न र उचित निर्णय लिन विद्यार्थीहरुले माग गरेका छन ।


#कोरोना

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>