Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०५ गते सोमबार

पहलाे चरणमा चार लाख मतदाता थपिए दाेस्राे चरणकाे संङ्कलन हुँदै ।

निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् । निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजारको नामावली दर्ता भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली दर्ता सकिएको छ । हिमाली जिल्लाको बाँकी रहेको पालिकामा मङ्सिर २९ गतेबाट नै दोस्रो चरणको नामावली दर्ता सुरु भइसकेको छ । हिमाली जिल्लाका पालिकाहरूमा पुस ९ गते नामावली दर्ताको विशेष अभियान सकिने छ । मङ्सिर १७ गतेदेखि निर्वाचन आयोगले देशैभरिको पालिकामा पुगेर मतदाता नामावली दर्ता  विशेष  अभियान  सञ्चालन  गरेको थियो । पहिलो चरणमा हिमाली जिल्लामा मङ्सिर १७ गते सुरु भई २७ गतेसम्म नामावली दर्ता भएको थियो ।   दोस्रो  चरणमा  हाल  ३१८  पालिकामा मतदाता नामावली दर्ता कार्यक्रम भइरहेको निर्वाचन आयोगले जनाएको छ । तराई मधेसका अधिकांश पालिकाले भने म्याद थप्न आग्रह गरेका छन् । आयोगका प्रवक्ता पौडेलले विशेष अभियान अतिरिक्त इलाका प्रशासन, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा चुनावको घोषणा नभएसम्म मतदाता नामावली दर्ता कार्यक्रम जारी नै रहने भएकाले छुटेका उम्मेदवारलाई पायक पर्ने स्थानमा गएर दर्ता गराउन आग्रह गर्नुभएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>