Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०५ गते सोमबार

अपिहिमालको गाउँसभा सम्पन्न, खेलकुद ऐेन र बजेट संशोधन प्रस्ताव पारित

दार्चुला - दार्चुलाको अपिहिमाल गाउँपालिकामा हिउँदे अधिवेशन सम्पन्न भएको छ । अपिहिमाल गाउँपालिकामा सोमबार (आज) अधिवेशन सम्पन्न भएको गाउँपालिका अध्यक्ष धर्मानन्द मान्यालले जानकारी दिनुभयो । गाउँसभाले खेलकुद ऐन र बजेट संशोधन सम्बन्धि प्रस्ताव पारित गरेको छ।

चालु आर्थिक बर्षको बजेट संशोधन गर्दै गाउँपालिका भित्र कार्यरत बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब सात हजार थप गर्दै १५ हजार पुर्याउने प्रस्ताव पास गरिएको हो । २०७८ साल कार्तिक १ गतेदेखि लागू हुने गरेर बालबिकास सहजकर्ता र बिद्यालय कर्मचारीको पारिश्रमिक १५ हजार भुक्तानी गर्ने प्रस्ताव सर्वसहमतिका साथ पास गरिएको गाउँपालिका अध्यक्ष मन्यालले बताउनुभयो ।

गत आर्थिक बर्षसम्म बालबिकास सहजकर्ता र विद्यालय कर्मचारीले केन्द्र सरकारबाट ६ हजार पाउदै आएकोमा केन्द्र सरकारले दुई हजार र गाउँपालिकाले ७ हजार थप गरेर मासिक पारिश्रमिक १५ हजार पुर्याईएको छ।

गाउँपालिका अध्यक्ष धर्मानन्दसिह मन्यालको अध्यक्षतामा आयोजित हिउँदे अधिवेशन अर्थात गाउँसभा सोमबार (आजै) सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष उर्मिला बोहराले बताउनुभयो

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>