Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ पुष ०५ गते सोमबार

दाेधारा चाँदनिमा छाडा पशु ब्यावस्थापनमा अलमल ।

पप्पु  गुरुङ ,दाेधारा - दोधारा चाँदनी नगरपालिकाका किसानहरुले लगाएको खेतीवाली जोगाउन रातभरी जाग्रम बस्नु पर्ने बाध्यता भएको छ् । रातभरी लगाएको गहुँवाली तथा तरकारी लगाएत बाली छाडा चौपायाबाट जोगाउन रातभरी जाग्रम बस्नु पर्ने बाध्यता रहेको किसानहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका सबै क्षेत्रमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या विकराल बन्दै गएको स्थानियहरुको गुनासो छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले छाडा पशु चौपायाको व्यवस्थापनका विषयमा ठोस कदम चाल्न सकेका छैन् । बिगतका लाखौं रकम खर्चेर बनाएको योजनानै प्रभावकारी नहुदा नगरपालिकाले खर्चेको रकम बालुवामा पानी खनाएको सरह भएको स्थानिय किसानहरुको ठहर छ् ।

स्थानिय तह निमार्ण संगै उब्जेको समस्या छाडा चौपाया ब्यवस्थापनका लागी निकै प्रयास गरे पनि दिगो समाधान हुन सकेको छैन् । रातीको समयमा हुला बाँधेर आएका छाडा चौपायाहरुले लगाएको खेती एकै रातमा तहसनहस गर्न थालेपछि आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर स्थानिय किसानहरुले यस वर्षको छाडा चौपाया ब्यवस्थापनको योजना जानकारी लिएको नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष किशोर कुमार लिम्बुले जनाएका छन् । ‘छाडा चौपाया ब्यवस्थापन हुन नसक्दा किसानहरु निकै समस्यामा परेका छन् । रातभरी सुत्न पाएका छैनन् । त्यसैमा कतिबेला आएर छाडा चौपायाले किसानहरुको खेतवाली नष्ट गर्दै गरेको छ्’ नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष किशोर कुमार लिम्बुले भने– ‘किसानहरुको समस्या लिएर छाडा चौपायाको यस वर्षको नगरपालिका कार्यालयको योजना कस्तो छ भन्ने बारेमा जानकारी लिन हामी आएका हौ ।’ किसाहरुले दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरी संग आफ्नो समस्या राखेका थिए । स्थानियबासी हर्क बहादुर थापाले नगरपालिका कार्यालय, सरोकारवालाहरुले किसानहरुको पिडामा ठोस योजना बनाएर अघि बढ्नु पर्ने बेला भएको बताएका छन् ।

किसानहरुले वर्षभरी मेहनत गरि उब्जाएको बाली छाडा चौपायाले नष्ट गरिदिदा किसानहरुमा परेको समस्याको बारेमा बिशेष गरि स्थानिय सरकार गम्भिर हुन आवश्यक रहेको उनले बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर उपप्रमुख चिनी ओझा गिरीले यस वर्ष छाडा चौपाया ब्यवस्थापनको लागी नगरपालिका कार्यालयले रु. २० लाख बिनियोजन गरेको बताएका छन् । चाडै नगरकार्यपालिकाको बैठक पछि सर्वदलिय बैठकमा देखिदै आएको छाडा चौपायाको बारेमा छलफल चलाई दिर्घकालिन योजना बनाउने प्रतिबद्धता जाहेर गरेका छन् । उक्त अवसरमा दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, उपप्रमुख चिनी ओझा गिरी, नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष किशोर कुमार लिम्बु, नेपाली काग्रेंस दोधारा चाँदनीका नगर अध्यक्ष राजेन्द्र मल्ल लगाएत किसान तथा स्थानियहरुको सहभागिता रहेको थियो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा गाई गोरु, बाछा–बाछी लगाएत दर्जनौं पशु चौपाया छाडिएका छन् । कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ् । तर बिगतका छाडा चौपाया ब्यवस्थापनको नाउमा थुप्रै अभ्यास भएपनि नगरपालिकाले दिगो समाधान गर्न सकेका छैन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>