Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०६ गते मङ्गलबार

४० लाखमा काराेबार हुनलागेकाे खाग पक्राउ ।

काठमाडौं - संरक्षित बन्यजन्तु गैंडाको खाग अवैध रुपमा बेच्न खोज्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको बौद्धबाट एकथान गैंडाको खाग सहित ६ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाकाले जनाएकाे छ ।
गैंडाको खागको तौल १ किलो १० ग्राम छ । कारोबारीले सो खाग ४० लाखमा बेच्ने गरी ‘डिल’ गरेका थिए । बेच्नु अघि बैद्ध स्तुपा स्थित खाग हेर्न बोलाए । ग्राहकसँगै गएका महाशाखाका प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् । खागको अवैध कारोबार गर्नेहरुलाई महाशाखाले कानुनी कारवाहीका लागी डिभिजन बन कार्यालय हात्तीसारमा बुझाएको छ ।  
पक्राउ पर्नेमा काभ्रे घर भएका ४१ वर्षीय बिरमान तामाङ, ४२ वर्षीय बेद बहादुर दनुवार, २० वर्षीय नवराज गिरी र ३२ वर्षीय भिम तामाङ छन् । काभ्रेकै पाँचखाल नगरपालिका–३ घर भएका ३१ वर्षीय सोहन कार्की र सिन्धुली घर भएका ४१ वर्षीय भिम बहादुर थिङ पनि पक्राउ परेका छन् ।
केही समयदेखि काठमाडौंमा लुकाई छिपाई राखिएको सो खाग चितवनबाट ल्याएको आरोपीहरुले प्रहरीलाई बताएका छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>