Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
२०७८ पुष ०६ गते मङ्गलबार

पत्रकार थापाले स्थापना गरे अामाबुवाकाे नाममा छात्रबृति अक्षय काेष ।

डाेटी - पुराना पत्रकार तथा नेपाल पत्रकार महासँघ डोटी शाखाका सँस्थापक सभापति शंकर थापाले आफ्ना दिबँगत आमा बुवाको नाममा १ लाख रुपैयाका अक्षय कोषको स्थापना गर्नु भएको छ । डोटीको जोरायल गाउँपालिका वडा नं। ४ देउथला निवासी पत्रकार थापाले आफ्नी दिबँगत आमा कलसीदेबि थापाको प्रथम वार्षिक पुण्य तिथीको अवसरमा आफुले प्राथमिक तह अध्ययन गरेको गाउँको महासरस्वती माद्यमिक बिद्यालयमा “लालकलसी स्मृति अक्षय कोष” को स्थापना गर्नु भएको हो ।

उक्त कोषबाट प्राप्त हुने व्याज रकमबाट बिद्यालय गरीव तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिने छ । आगामी दिनमा कोषको रकमलाई बृद्धि गरिने छ । यसै गरि दिबँगत आमा बुवाको स्मृतिमा आफुले माद्यमिक तह अध्ययन गरेको घण्टेश्वर माद्यमिक बिद्यालय कुडिकोट जोरायलमा पनि निकट भविश्यमा अक्षय कोषको स्थापना गरिने पत्रकार थापाले बताउनु भयो ।

यसै गरि पत्रकार थापाले आफ्नी दिबँगत आमाको प्रथम वार्षिक पुण्य तिथीको अवसरमा नेपाल प्रेस युनियन डोटी शाखाद्धारा स्थापना गरिएको तेजु स्मृति अक्षय कोष स्थापनाको लागि ६ हजार रकम, महासरस्वति माद्यमिक बिद्यालय देउथलाका बिद्यार्थीहरुका लागि न्यानो लुगा खरिदमा ९ हजार ५ सय ६८ सहयोग र दृष्टि फाउण्डेशन धनगढी कैलालीमा रहेका बेसाहरा वालवालिका तथा महिलाहरुको भोजनको लागि १० हजार १ सय ३४ उपलब्ध गराउनु भएको छ ।

बिगत २६ बर्ष देखि पत्रकारिता पेशामा सँलग्न रहेका पत्रकार थापा डोटी जिल्लाको पहिलो सामुदायिक रेडियो शैलेश्वरी र सामुदायिक रेडियो घण्टेश्वरको सँस्थापक हुनु हुन्छ । हाल २ वर्ष देखि अमेरिकमा रहनु भएका पत्रकार थापा घण्टेश्वर अनलाईन सम्पादन गर्दै आउनु भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>