Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ पुष ०७ गते बुधबार

कंचनपुरकाे दक्षिणि क्षेत्रमा सुरक्षा निगरानि बिच भित्रिन्छन भारतिय माछा ।

हरिलाल जाेशी, पुनर्वास - कञ्चनपुरको पुनर्वास–बेलौरीका बजारहरुमा सुरक्षा निकायकै कडा निगरानीमा भारतीय माछाहरु भित्रिने गरेको छ । चिसो बढेसँगै पुनर्वास–बेलौरी क्षेत्रका अवैध सिमा नाका कंकड,कार्गिलडाँडा र बेलौरीको फटिया, थापा चोक, खजुरीया नाका हुँदै दैनिक लाखौ मुल्य बराबरका माछाहरु भित्रिने गरेपनि नियन्त्रणमा भने सशस्त्र प्रहरी र नेपाल प्रहरी पछाडी हटेको देखिन्छ । खुलेयाम दैनिकै बिहानैबाट तस्करी हुने गरेपनि दुवै सुरक्षा निकायहरुलाई तस्करीका विषयमा बुझ्न खोज्दा आफ्नो क्षेत्रबाट कुनैपनि तस्करी नभएको दावी गर्छन् ।

यता सो क्षेत्रबाट भित्रिने माछाहरु कैलाली र कञ्चनपुरका विभिन्न शहरहरुमा नेपाली माछाको नाममा बिक्रि हुने गरेको महेश फिस फर्म बेलौरीका सञ्चालक माछा पालक किसान सोवरन रानाले बताए । माछा पालक किसान रानाका अनुसार भारतबाट अवैध रुपमा नियमित माछाको आयात हुने गरेपनि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले अहिले नियन्त्रण गरेको भने नदेखिएको बताए । माछाको आयातलाई दुवै सुरक्षा निकायले नदेख्नु र नरोक्नुले सुरक्षा निकायको नियती प्रति किसान रानाले खोट देखाएका छन् ।

विभिन्न प्रहरी कार्यालयबाट तस्करी रोक्न सिभिलमा खटाएका नेपाल प्रहरीका प्रतिनिधिहरु सीमामा देखिएपनि तस्करी रोकिदैन उल्टै आर्थिक लेनदेनबाट तस्करी गराउँछन् । रानाले भने माछा तस्करी गराए वापत प्रहरीका उच्च अधिकारी सम्म रकम पुग्छ ।१५ विघा तालमा करिब १२ सय क्विन्टल माछा बिक्रिका लागि तयार भएपनि प्रहरीहरुका कारण लगानीनै धरापमा रहेको उनको गुनासो छ । पुनर्वास–बेलौरी क्षेत्रका अवैध सीमानाकाहरु चलायमान देखिएपनि यिनिहरुको नियन्त्रण तर्फ कसैको ध्यान पुग्न नसकेको स्थानियहरुको ठहर छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>