Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०७ गते बुधबार

कंचनपुरकाे दक्षिणि क्षेत्रमा सुरक्षा निगरानि बिच भित्रिन्छन भारतिय माछा ।

हरिलाल जाेशी, पुनर्वास - कञ्चनपुरको पुनर्वास–बेलौरीका बजारहरुमा सुरक्षा निकायकै कडा निगरानीमा भारतीय माछाहरु भित्रिने गरेको छ । चिसो बढेसँगै पुनर्वास–बेलौरी क्षेत्रका अवैध सिमा नाका कंकड,कार्गिलडाँडा र बेलौरीको फटिया, थापा चोक, खजुरीया नाका हुँदै दैनिक लाखौ मुल्य बराबरका माछाहरु भित्रिने गरेपनि नियन्त्रणमा भने सशस्त्र प्रहरी र नेपाल प्रहरी पछाडी हटेको देखिन्छ । खुलेयाम दैनिकै बिहानैबाट तस्करी हुने गरेपनि दुवै सुरक्षा निकायहरुलाई तस्करीका विषयमा बुझ्न खोज्दा आफ्नो क्षेत्रबाट कुनैपनि तस्करी नभएको दावी गर्छन् ।

यता सो क्षेत्रबाट भित्रिने माछाहरु कैलाली र कञ्चनपुरका विभिन्न शहरहरुमा नेपाली माछाको नाममा बिक्रि हुने गरेको महेश फिस फर्म बेलौरीका सञ्चालक माछा पालक किसान सोवरन रानाले बताए । माछा पालक किसान रानाका अनुसार भारतबाट अवैध रुपमा नियमित माछाको आयात हुने गरेपनि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले अहिले नियन्त्रण गरेको भने नदेखिएको बताए । माछाको आयातलाई दुवै सुरक्षा निकायले नदेख्नु र नरोक्नुले सुरक्षा निकायको नियती प्रति किसान रानाले खोट देखाएका छन् ।

विभिन्न प्रहरी कार्यालयबाट तस्करी रोक्न सिभिलमा खटाएका नेपाल प्रहरीका प्रतिनिधिहरु सीमामा देखिएपनि तस्करी रोकिदैन उल्टै आर्थिक लेनदेनबाट तस्करी गराउँछन् । रानाले भने माछा तस्करी गराए वापत प्रहरीका उच्च अधिकारी सम्म रकम पुग्छ ।१५ विघा तालमा करिब १२ सय क्विन्टल माछा बिक्रिका लागि तयार भएपनि प्रहरीहरुका कारण लगानीनै धरापमा रहेको उनको गुनासो छ । पुनर्वास–बेलौरी क्षेत्रका अवैध सीमानाकाहरु चलायमान देखिएपनि यिनिहरुको नियन्त्रण तर्फ कसैको ध्यान पुग्न नसकेको स्थानियहरुको ठहर छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>