कञ्चनपुर - नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिम विश्वविद्यालयमा चरम बेथिति मौलाएको भन्दै तालाबन्दी गरेका छन ।
बुधबार अनेरास्ववियू कञ्चनपुरले सुप विश्वविद्यालय उपकुलपति डा.अम्मराज जोशीको कार्यकक्षमा तालाबन्दी गरेका हुन । अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष रमेश पन्तले पछिल्ला दिनहरुमा सुप विश्वविद्यालयका पदाधिकारीले व्यक्तिगत लोभ लालसाले विश्वविद्यालय धरासायी बनिरहेको भन्दै आन्दोलन स्वरुप तालाबन्दी गरेको बताए ।
अनेरास्ववियूका अध्यक्ष पन्तले प्रवेस परीक्षामा समेत विद्यार्थीको ढाँडसेक्ने गरि शुल्क लिने, टीकापुर प्लटुका करार शिक्षकलाई सरुवा गरि केन्द्रीय कार्यालयमा हाजिर गराएर तलब खुवाउने, भर्ना बाफत गलत नियम जस्ता विषय अघि सारेर बेथिति मच्चाएको भन्दै अनेरास्ववियूले तालाबन्दी गरेको बताए । विश्वविद्यालयले विद्यार्थीलाई मार पार्नका लागि रजिष्टे«सन फारमको समय छोटाएर दोब्बर रकम अशुल्न खोजेको समेत अनेरास्ववियूको आरोप छ । अनेरास्ववियूले रजिष्टे«सन फारमको म्याद बढाउनुपर्ने, बेथिति अन्त्यगर्नुपर्ने, प्राज्ञिक मार्यादा कायम गर्नुपर्ने, अवैधानिक कार्य रोक्नुपर्ने, राजनीतिक भागबण्डा खारेजी गर्नुपर्ने, प्रवेस शुल्क खारेजी, भर्ना अवधि छोट्याउनुपर्ने माग अघि सारेका छन । रजिष्टार यज्ञराज पाठकलाइ बेथिति किन गर्नुभयाे भनेर साेद्धा ०७५ सावन १ गतेबाट टिकापुर बहुमुखी क्याम्पस समायाेजन भएपछि स्वत यता अाएका हुन र पिरियड नभएका कारण कार्यालयमा हाजिर गराएकाे बताएका छन ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया