बेलौरी - कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको महाकाली बहुमुखी क्याम्पसमा स्नाकोत्तर पढाई हुने भएको छ । यस अघि स्नातकसम्म मात्रै पढाई हुँदै आएको क्याम्पसमा अब स्नाकोत्तर पढाई हुने भएको हो ।
त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसमा अब स्नाकोत्तर तहको अध्ययन हुने भएको छ । त्यसका लागि महाकाली बहुमुखी क्याम्पस संचालक समितिले त्रिवीमा आवश्यक प्रकृया पुरा गरेको छ ।
त्रिवीले माग गरेर अनुरुप आवेदन शुल्क सहितका आवश्यक सबै कागजात प्रमाण पत्र बुझाईसकेको महाकाली बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष हरेन्द्र विष्ट(होसियार)ले त्रिवीले माग गरेको आवश्यक सबै प्रमाण पत्रका साथै शुल्क बुझाईसकेको बताए । ‘त्रिवीले माग गरेका सबै प्रकृया पुरा गरेका छौँ, ‘अध्यक्ष विष्टले भने, ‘अब पुष भित्रै त्रिवीको टोलीले स्थलगत अध्ययन गरेर स्नाकोत्तर अध्ययनका लागि स्वीकृत दिनेछ । विष्टले त्रिवी शिक्षा संकायका डिन चित्र बहादुर बुढा लगायतका पदाधिकारीसंग भेटघाट गरेर स्नाकोत्तर शिक्षा पठन पाठनका लागि प्रमाण पेशका साथै अनुमतिका लागि अनुरोध गरेका छन । संचालक समितिका विष्ट पुर्व शिक्षक भएकाले उनले अहिले क्याम्पस संचालक समितिको नेतृत्व सम्हालेका कारण महाकाली बहुमुखी क्याम्पसलाई निर्वाचन क्षेत्र १कै शैक्षिक हब बनाउने अभियानमा जुटेका छन ।
०५२ देखि ०६४ सम्म महाकाली माविका शिक्षक समेत रहेका क्याम्पस संचालक समितिका अध्यक्ष विष्टले क्याम्पसलाई प्रदेशकै नमुना क्याम्पसदेखि भौतिक, शैक्षिक गुणस्तारमा बृद्धि गरेका छन । यस अघि पनि क्याम्पस संचालक समितिका अध्यक्ष विष्टले प्रधानमन्त्री तथा त्रिवी उपकुलपति समेत रहेका देउवा समक्ष ज्ञापन पत्र बुझाएर महाकाली बहुमुखी क्याम्पसलाई त्रिवीकै आगिक क्याम्पस बनाउन माग पत्र बुझाएका थिए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया