Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ पुष ०८ गते बिहिबार

बिबेकशील पार्टि छाेडे रन्जुदर्शनाले ।

महेन्द्रनगर - विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिनुभएको छ । युवा नेतृ दर्शनाले बिहीबार सामाजिक सञ्जालमार्फत् राजीनामाको घोषणा गर्नुभएको हो ।

दर्शनाले पार्टीमा आफ्नो समय, ऊर्जा, भावना र आर्थिक सबै कुरा प्रदान गर्न असमर्थ रहेको भन्दै राजीनामा दिनुभएको हो । उहाँले विवेकशील साझा पार्टीलाई वैकल्पिक राजनीतिको खोल मात्र ओढेको भन्दै आलोचनासमेत गर्नुभएको छ ।

‘वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, ऊर्जा, विध्वता, भावना, आर्थिक केहि पनि कुरा प्रदान गर्न असमर्थ छु’, उहाँले राजीनामा लेख्नु भएको छ, ‘तसर्थ यस पार्टी सँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेकी छु ।’ उहाँले लेख्नुभएको छ ।

विवेकशील साझा पार्टी भन्दा माथि देश (भाग १) शीर्षकमा उहाँले राजीनामा लेख्नुभएको हो ।

‘वि.सं. २०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उताव–चढावहरू आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ’, पत्रमा थप भनिएको छ ।

पार्टीभित्र अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच वैचारिक द्वन्द्व देखिएपछि विवाद चर्कदै गएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>