Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
२०७८ पुष ०८ गते बिहिबार

सुदुरपश्चिम सरकारका आजका निर्णय के के छन ।

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशकाे प्रथम पञ्चवर्षिय याेजना (आर्थिक बर्ष २०७८/०८९- २०८२/०८३) काे संक्षिप्त अबधारणा पास गरेकाे छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा आज विहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले साे अवधारणा पत्र स्वीकृत गरेकाे हाे ।

आजकाे मन्त्रीपरिषद् बैठकले अछामको रामारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गर्न सङ्घीय सरकारलाई सिफारिस गरिएको सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् । ‘गाउँ सभाबाट निर्णय पारित भएर आएको थियो । सबै प्रक्रिया पुगेकाले हामीले सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेका छौँ’ उनले भनिन् ।

मन्त्री जाेशीका अनुसार रामारोशन गाउँपालिकामा अहिले सात वडा रहेको छ । सो गाउँपालिकामा वडा विभाजन गरी १२ बनाइने छ भने नौंवटा वडा रहेको बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गरी ११ बनाइने छ । यस्तै उधाेग तथा फर्महरु नविकरण गर्ने समयावधि पुस मसान्तसम्म र ५ प्रतिशत बिलम्व शुल्कमा अन्य जरिवानाहरु मिनाहा गर्ने आर्थिक मामिला मन्त्रालयकाे प्रस्तावसमेत आजकाे बैठकले स्वीकृत गरेकाे छ ।

यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगतकाे प्रदेश राजपत्र छपाईमा काम गर्ने ३ जना कर्मचारीकाे अस्थायी दरबन्दी स्वीकृत गरेकाे मन्त्री जाेशीले जानकारी दिइन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>