कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लामछेट्टीका केही स्थानीयले सडक निर्माण गर्दा स्थानीयको जमिन, खेत, घर जोगाई निर्माणको माग अघि सारेका छन । गाँउबाट सडक निर्माण कार्य राम्रो भएपनि केही नेता, जनप्रतिनिधीको पुर्वाग्रहीले आफुहरुको घरखेत बाटै सडक लैजान लागेको गुनासो पोखेका छन । स्थानीय राजेन्द्र टमाटाले नक्सा भन्दा बाहिर सडक ल्याएर आफ्नो घरखेत सडकमा पारिएको बताए । ‘यो सडक पश्चिम भएर जानुपर्ने हो, ‘उनले भने, ‘बढिपुर्वतिर तानेर मेरो घरखेत नै नासिदियो ।’ उनले घर, जमिनको क्षतिपूर्ति समेत दिनुपर्ने माग अघि सारे । अर्का स्थानीय धनगिरी चुनाराले सडक गएको घरखेत, जमिनवालालाई सरकारले क्षतिपूर्ति दिनुपर्ने बताए । गाँउ स्थानीय अगुवा भैरब बोहराले कम क्षति हुने गरि सिधै सडक निर्माणमा जोडदिए ।
महाकाली कोरिडोर ब्रम्हदेब झुलाघाट दार्चुला तिङकर सडकखण्डका सव ईन्जिनियर दौलतसिह धामीले नक्सा अनुरुप सडक विस्तार भईरहेको बताए । ‘हामीले कसैको घरखेत नाँस्ने तरिकाले सडक निर्माण गर्न खोजेका छैनौँ, ‘उनले भने, ‘नक्सा अनुरुप सडक निर्माण भईरहेको छ, जनता खुसी छन ।’ भीमदत्त नगरपालिका ९का वडाध्यक्ष राम नाथले ऐलानी जमिन भएकाले मुआब्जा दिन नसकिने बताउदै उनले कुनै स्थानीयले ठुलै क्षति हुने देखिए केही मिलाउन सकिने विषय मिलाएको बताए । उनले दार्चुलादेखि कञ्चनपुरसम्म सडक निर्माण कार्य ऐतिहासिक भएकाले सबैको सहयोग अपरिहार्य रहेको बताए । ‘त्यहाँ ०६५सालमै सडक निर्माणका लागि नक्सा बनेको हो, ‘उनले भने, ‘नक्सा अनुरुप सडक अघि बढेको छ, गाँउमा सडक पुग्दा खुसी हुनुपर्नेमा बिरोध गर्नुको कुनै तुकछैन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया