Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०८ गते बिहिबार

नेकपा (माअाेवादि केन्द्र) र नेकपा ( मसाल सम्पर्क केन्द्र) बिच एकता हुँदै ।

क्रान्तिकारी ध्रुवीकरणको अभियानअन्तर्गत नेकपा माओवादी केन्द्र र नेकपा मसालबाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्रबीच एकता हुने भएको छ ।
भोली एक समारोहबीच दुबै पार्टीबीच एकता हुने नेकपा केन्द्रीय सदस्य डिलाराम आचार्यले बताए ।

राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै वित्तिय साम्राज्यविरुद्धको निर्मम संघर्षमार्फत समाजवादी क्रान्तिको तयारी गर्ने लगायतका विषयमा दुबै पार्टीबीच समान बुझाई रहेकोले एकतामा पुगिएको आचार्यले बताए ।

विगत लामो समयदेखिको संवाद तथा छलफलपछि भोली अपरान्ह १२ बजे अध्यक्ष प्रचण्ड र सम्पर्क केन्द्रका संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ती जारी गर्ने कार्यक्रम रहेको छ । एकता कार्यक्रम त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको हलमा एक समारोहबीच हुने छ ।

नेकपा मसालले जडसुत्रवादी नीति अख्तियार गरेको र मालेमाविचारधारालाई यान्त्रिकरुपमा ग्रहण गर्दा संगठनात्मक निरंकुशतालाई प्रश्रय दिएको भन्दै लम्साललगायत ३९ जिल्लाको मसाल संगठनले विद्रोह गरी नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको थियो ।

पछिल्लो समयमा नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंह तथा उनी निकट नेताहरुसँग असन्तुष्टि राख्दै ठूलो संख्यामा नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन् । यीमध्ये नेता सन्तबहादुर नेपालीले हालैमात्र मोहनबिक्रमसँग सम्बन्धविच्द्धेद गरेको बताएका थिए ।

भोली एकता हुन गइरहेको सम्पर्क केन्द्रको सुदूरपश्चिम, कर्णाली, बाग्मती, लुम्बिनी, लगायतका प्रदेशका कतिपय जिल्लामा संगठन रहेको छ । यसका साथै यो केन्द्र निकट रहेका जनवर्गीय संगठनहरुको एकता समेत निकट भविष्यमा हुने लम्सालले बताए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि मोहनबिक्रमसिंहसँग विद्रोह गर्दै डिलाराम आचार्य, नवराज सुवेदीलगायत कैयनले माओवादीसँग एकता गरेका थिए । लम्साल भने त्यो एकता प्रक्रियामा सहभागी नभई मसालभित्रै अन्तसंघर्ष गरिरहेका थिए । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका निवासी लम्साल भने लामो समयसम्म मोहनबिक्रम सिंहले नेतृत्व गरेको मसालको राजनीति गर्दै आएपनि त्यसभित्रको यथास्थितिवादी प्रवृत्तिसँग संघर्षरत् थिए ।

पार्टी एकतापछि लम्सालको पार्टी हैसियत के हुने भन्ने विषयमा भने खुल्न सकेको छैन । माओवादीको आसन्न राष्ट्रिय सम्मेलनपछि एकता प्रक्रियामा आएकाहरुका बारेमा निर्णय हुन सक्ने देखिन्छ । हालका लागि भने एकता प्रक्रियाहरुबाट आएका लम्साललगायत अन्यका हकमा सम्मेलन प्रतिनिधि बनाउने गरी माओवादीले मनोनित कोटा राखेको बुझिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>