Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ पुष ०८ गते बिहिबार

ब्रामणका गाइहरुलाइ गाेठमा फर्कन सिहकाे अाग्रह ।

नेपाल कम्युनिस्ट पार्टी मसालले आफ्नो दल छाडेर अन्यत्र तितर–वितर भएका कार्यकर्ताहरुलाई ‘पुरोहितले बटुलेका गाईहरु’ को संज्ञा दिएको छ । साथै उनीहरुलाई आफ्नै मूल पार्टी (गोठ) मा फर्कन नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आग्रहसमेत गरेका छन् ।
राष्ट्रिय जनमोर्चाको मातृ पार्टीका रुपमा रहेको नेकपा मसालमा पछिल्लो समय आन्तरिक विवाद र अन्तरविरोध चुलिएको छ । कतिपय कार्यकर्ताहरुले विद्रोह गर्ने र पार्टी छाड्ने क्रम बढेको छ । यसै सन्दर्भमा महामन्त्री सिंहले विहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीको विरोध गर्दै अन्यत्र गएकाहरुलाई आत्मालोचना गरेर पार्टीमा फर्कन आह्वान गरेका हुन् ।
मसालका महामन्त्री सिंहले भनेका छन्, ‘अहिलेका नयाँ फुटपरस्त तत्वहरूको लगातारको गालीगलौजका बावजुद हाम्रो पार्टीलाई कुनै असर नपुग्ने र बरू एक वा अर्को प्रकारले उनीहरूको नै पतन हुने कुरा निश्चित छ । हामीले २–४ वर्षमा नै त्यो कुरा स्पष्ट हुनेछ भनेका थियौँ, तर एकाध महिनामै उनीहरूले बटुलेका कार्यकर्ताहरू पुरोहितका गाईहरू जस्तै कयौँ दिशातिर दौडिन थालेको कुराले उनीहरूको पतनको दिशालाई नै बताउँछ ।’
महामन्त्री सिंहले अगाडि भनेका छन्, नेकपा (मसाल)बाट निष्कासित वा फुटेर गएका साथीहरूको कुनै सैद्धान्तिक र राजनैतिक आधार थिएन भन्ने कुरा झनपछि झन स्पष्ट हुँदै गएको छ । उनीहरूले कुनै सिद्धान्त वा राजनैतिक आधारले होइन, मसाल र नेतृत्वको आलोचना र गालीगलौजको आधारमा नै पार्टीमा भ्रम पार्ने र कार्यकर्ता फुटाउने प्रयत्न गरेका थिए । हामीले भनेका थियौं, २–४ वर्षमा नै उनीहरूको वास्तविकता प्रकट हुनेछ । तर, २–४ वर्ष पर्खनु परेन । उनीहरूको भेला भएको १–२ महिनामा नै उनीहरूको स्थिति स्पष्ट हुन थालेको छ ।’
पार्टी छाडेर जानेहरुलाई फर्कन आग्रह गर्दै सिंहले वक्तव्यमा भनेका छन्,‘जुन साथीहरूले सनियत नै पार्टीलाई फुटाउने वा ध्वस्त गर्ने काम गरिरहेका छन्, ती सबै बेइमान र पार्टी विरोधी तत्वहरू हुन् भन्ने हाम्रो निष्कर्ष छैन । कतिपय साथीहरू इमान्दार, पार्टी र क्रान्तिप्रति प्रतिवद्ध भए पनि व्यक्तिगत अन्तरविरोध, कुण्ठा, पूर्वाग्रह वा इस्र्या, डाहा, रिसाहा स्वभाव तथा कतिपय आफ्ना स्वभावजन्य कमजोरीहरूका कारणले पार्टीमाथि हमला गर्ने वा पार्टीलाई फुटाउन प्रयत्न गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यस प्रकारका कमजोरीहरूलाई आलोचना, आत्मालोचना वा सैद्धान्तिक प्रशिक्षणद्वारा सुधार गर्न सकिन्छ । त्यसकारण पार्टीको विरोध गरेका साथीहरूलाई हामीले आत्मालोचना गरेर पार्टीमा फर्कनका लागि मैत्रीपूर्ण अनुरोध गर्दछौँ ।’
सिंह अगाडि भन्छन्, ‘हामीले एउटा कुरा प्रस्ट गर्न चाहन्छौं– पार्टीको लामो इतिहासमा हाम्रो पार्टीमाथि विभिन्न उग्रवामपन्थी वा दक्षिणपन्थी अवसरवादीहरूले कयौँ पटक हमला गर्ने, पार्टीलाई समाप्त पार्ने प्रयत्न गर्दै आएका छन् । तर, हाम्रो पार्टी उनीहरूले आशा, कामना वा भविष्यवाणी गरेजस्तो गरी समाप्त हुने गरेको छैन । हाम्रो पार्टीमाथि हमला गर्ने तत्वहरूको एक व अर्को प्रकारले पतन हुँदै गएको छ ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>