Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० कार्तिक ०२ गते बिहिबार

६ किलाे चरेश, चितुवाकाे छाला सहित धनगढी बाट तीन जना पक्राउ ।

धनगढीमा एक होटलबाट प्रहरीले अवैध चरेस र चितुवाको छाला बरामद गरेको छ।

आज (बुधबार) प्रदेश प्रहरी, आरआइटी, वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलीले छाला र चरेस बरामद गरेको हो।

प्रहरी स्रोतका अनुसार भर्खरै धनगढीको सहिदगेट नजिकै रहेको जुमेरा होटलमा भाडामा बसेका ३ जनाको साथबाट चरेस र छाला बरामद गरिएको हो।

चितुवाको छाला र साढे ६ किलो चरेससहित उनीहरु तीनैजनालाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्नेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार करनबहादुर चन्द,बाजुराकाे गाैमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण राेकाया बुढिगंगा नगरपालिका- १० बस्ने ३० वर्षीय हेमराज जाेशी रहेकाे वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए।

उनकाअनुसार उनीहरूकाे साथबाट प्लाष्टिकसहित ६ किलाे ७९५ ग्राम चरेश र ७ फिट ६ इन्च चितुवाको छाला बरामद गरिएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>