Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ पुष १२ गते सोमबार

जनप्रतिनिधिकै मिलेमताेमा खाेलानाला उत्खनन् ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मापदण्ड विपरित नदीखोला नाला दोहन भईरहेका छन । जनप्रतिनिधीकै मिलोमतोमा नगरपालिकामा रहेका खोला नदी चुरे क्षेत्रको मापदण्ड विपरित दोहन भईरहेको स्थानीयले बताएका छन । मापदण्ड विपरित खोला नाला दोहन गर्नेमाथि प्रहरीले पटक पटक कार्बाही गरेपनि त्यस्ता व्यक्ति समुह बचाउनका लागि जनप्रतिनिधीले नै दवाव दिनथालेपछि अहिले कृष्णपुरमा मापदण्ड विपरित उत्ख्ननका घटना बढिरहेका छन ।

खोला नदीबाट रोयल्टी संकलन गर्ने ठेकेदार, संकलनकर्तासंग जनप्रतिनिधीको मिलोमतो हुने भएपछि मापदण्ड विपरित उत्ख्नन कार्य नरोकिएको स्थानीयको दावि छ । स्थानीयले रोक्ने निकाय मिलेपछि कसको के लाग्छ, को कार्बाही हुन्छ, भन्दै जनप्रतिनिधीले वेवास्ता गर्न थालेपछि प्रहरीलाई सहयोग मागिरहेका छन । कञ्चनपुर प्रहरीले मापदण्ड विपरित खोला दोहन गर्ने बिरुद्ध कार्बाही चलाएपनि जनप्रतिनिधीले आफ्ना नभए जरिवाना गर्ने नभए नगर्ने प्रवृतिले दोहन नरोकिएको स्थानीयको बुझाई छ । प्रहरीले मापदण्ड विपरित उत्खनन गर्ने दुई टेक्टर नियन्त्रणमा लिएर कृष्णपुर नगरपालिकालाई बुझाएको छ । कृष्णपुरको मछेली नदीमा मापदण्ड विपरित वालुवा उत्ख्नन गर्ने से१त ६५८९ र सुपप्र ०२–००१त १४१९ नम्बरको टेक्टर नियन्त्रणमा लिएर नगरपालिकामा बुझाएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले अवैध रुपमा बालुवा उत्ख्नन गर्ने दुई टेक्टर नियन्त्रणमा लिएर कृष्णपुर नगरपालिकामा बुझाएको बताए । कृष्णपुर नगरका जनप्रतिनिधीले अवैध उत्ख्ननमा सबै जनप्रतिनिधीले मिलोमतो नहुने बताएका छन । कृष्णपुर नगरका प्रवक्ता छत्र महराले मापदण्ड विपरित उत्ख्नन गर्नेहरुसंग सबैको मिलोमतो नहुने र फरक पार्टीले आरोप लगाउने गरेको बताए । ‘अबैध रुपमा उत्ख्नन गर्ने टेक्टर नियन्त्रण गरेको विषय मलाई थाहा भएन, ‘उनले भने, ‘जहाँसम्म कार्यालयबाट प्रवक्तालाई सूचना दिनुपर्ने हो, दिईएन ।’ देश कानुन भन्दा वास्तविक रुपमा भन्नुपर्दा व्यवहारिक रुपमा चलेको बताउदै उनले केही समाजलाईलाई आफु अनुकुल समाज चलाउने व्यक्तिले जनप्रतिनिधीको बदनाम गरिरहेको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>