Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
काठमाडौं
२०७८ पुष १२ गते सोमबार

माओवादी बन्दसत्रमा प्रचण्ड काे प्रथिबेदनमा २ प्रतिबेदन थप ।

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन आजको युग सुहाउँदो रहेको प्रतिनिधिहरूले टिप्पणी गरेका बेला दुई अन्य फरक प्रस्तव पनि आएका छन् ।

अध्यक्ष प्रचण्डले आज अढाई घण्टा लगाएर विभिन्न सात बुँदामा समेटिएको ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।उनको प्रतिवेदन करिब २०० पृष्ठको  छ । प्रतिवेदनले देश विदेशको वर्तमान अवस्था र अबको कार्यनीतिबारे स्पष्ट बोलेको प्रतिनिधिले जानकारी दिए । केही छिटपुट कुराहरू बन्दसत्रमा छलफल गरेर टुङ्ग्याउन सकिने भए पनि कतिपय कुराहरू छुटेको भए समूहगत छलफलमा थपिने पनि उनीहरूको भनाइ छ ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्य राम कार्कीले प्रचण्डको दस्तावेजमाथि लिखितरुपमै ‘फरक मत’ प्रस्तुत गरेका छन् । कार्कीले आफ्नो फरक मत केन्द्रीय सदस्यहरु र महाधिवेशन प्रतिनिधिसमक्ष वितरण गरिनुपर्ने प्रचण्डसँग मागसमेत गरेका छन् । आठौं राष्ट्रिय महाधिवेशनको तयारीका क्रममा बसेको केन्द्रीय कमिटीको बैठकमा कार्कीले आफ्नो फरक मत अध्यक्ष प्रचण्डलाई बुझाएका हुन् । लिखित प्रतिवेदन प्रचण्डलाई बुझाउँदै कार्कीले यसलाई तलैसम्म बाँडेर छलफलमा ल्याउन पाउनुपर्ने प्रचण्डसँग अनुरोध गरेको माओवादी स्रोतले बताएकाे छ ।

यसैबीच, माओवादीका अर्का नेता धर्मदत्त देवकोटाले पनि प्रचण्डको प्रतिवेदनमाथि चित्त बुझेन भने अर्को लिखित प्रतिवेदन केन्द्रीय समितिमा ल्याउने बैठकमा बताएका छन् । देवकोटाले पनि कार्कीले जस्तै आफ्नो मागबारे महाधिवेशनमा छलफल हुनुपर्ने माग गरेका छन् ।माओवादीका केन्द्रीय सदस्य धर्मदत्त देवकोटा नेकपा एमालेबाट विद्रोह गरेर माओवादीमा लागेका नेता हुन् । एमाले समर्थित किसान संगठनको केन्द्रीय उपाध्यक्ष परित्याग गरी माओवादी बनेका उनी हेटौंडा महाधिवेशन अघि नै माओवादी बनेका हुन् ।

देवकोटाले गत साउन ३० ३१ मा सम्पन्न केन्द्रीय समितिको बैठकमै ३ पृष्ठ लामो आफ्नो मत दर्ता गराएका थिए । सो मागका कतिपय विषयहरु सम्वोधन भए पनि केही सम्वोधन हुन बाँकी रहेकाले प्रचण्डको प्रतिवेदन हेरेपछि पूरा हुन बाँकी विषयहरु पुनः अगाडि ल्याउने देवकोटाको भनाइ छ ।तर, प्रचण्डले भने देवकोटाले साउनमा उठाएका कतिपय कुराहरु आफ्नो दस्तावेजमा समेटिएको जवाफ बैठकमा दिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>