Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
२०७८ भदौ ०८ गते मङ्गलबार

वार्ता र सहमतिको सम्भावना सकियो : नेता माधवकुमार नेपाल

नेता माधवकुमार नेपालले नयाँ कम्युनिस्ट पार्टी दर्ताको प्रक्रियामा अगाडि बढेकाले वार्ता र सहमतिको सम्भावना सकिएको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता नेपालले अब वार्ता र सहमति हुन नसक्ने बताउनुभएको हो । उहाँले यसअघि पटक(पटक बेइमानी भएको भन्दै अब हल्ला र भ्रमको पछाडि नलाग्न नेता र कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रियामा छ।

निर्वाचन आयोगले सनाखतका लागि भोलिका लागि बोलाएको छ । यसअघि हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन एमाले विवाद समाधान गर्न गठित कार्यदलका नेताहरुबीच १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको थियो ।

एमालेका अध्यक्ष ओलीले आज स्थायी कमिटीको बैठक बोलाउनुभएको छ । बैठक बिहान ११ बजे ललितपुरमा रहेको तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्दैछ ।


#माधवकुमार नेपाल #एमाले

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>