Samriddhipost
२०८१ माघ १५ गते मङ्गलबार
महेन्द्रनगर
२०८० मङि्सर २५ गते सोमबार

सरकारमा रहेका मन्त्रीको ‘सेट’ नै परिवर्तन गर्ने तयारी सुरु भएको छ। एक वर्ष नपुग्दै मन्त्रीको सेट नै किन फेर्ने रु स्रोत भन्छन्, ‘गठबन्धन भित्रका दललाई मन्त्रीको भाग पुर्‍याउन।’ सबैलाई पालो पुर्‍याउनुपर्ने कारण बताइए पनि गठबन्धन दलभित्रैबाट मन्त्री फेर्न तीव्र दबाब आएको उच्च स्रोतको दाबी छ। अहिलेका मन्त्रीले गठबन्धनमा सामेल दलका नेतारकार्यकर्तालाई नै असर गर्ने निर्णय गरेकाले सत्ता गठबन्धन दलका शीर्ष नेता नै असन्तुष्ट छन्। केही ‘काण्ड’लाई छानबिनको दायरामा ल्याउँदा त्यसको झड्का गठबन्धनभित्र पनि परेकाले यो अवस्था आएको बताइएको छ। 

यता मन्त्रीको सेट नै परिवर्तन गर्न तयार भएका गठबन्धनका शीर्ष नेताहरू व्यक्ति बदल्दा काममा तीव्रता आउने भन्दै आन्तरिक कुरा लुकाउने प्रयास गरिरहेका छन्। तर, मुख्य कारण भनेको अहिलेका मन्त्रीको आलोचना बढ्नु नै हो। यो बीचमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी निकालिएका थिए।

स्रोतका अनुसार मन्त्रीको सेट नै बदल्ने विषयमा करिब–करिब देउवा र प्रचण्डबीच सहमति भइसकेको छ। यसअघि कांग्रेसले गृहमन्त्री हटाउन दबाब दिएको थियो। गृहमन्त्री श्रेष्ठलाई मात्र हटाउँदा जनमानवमा नराम्रो छाप पर्ने भन्दै प्रचण्ड पन्छाइरहेका थिए। सेटै परिवर्तन गर्नमा भने उनी पनि सहमत भएका छन्। स्रोत भन्छ, ‘देउवा गृहमन्त्री श्रेष्ठको नामसमेत सुन्न चाहँदैनन्।’

औपचारिक भेटमा मलाईसमेत थुन्नु होस् भन्दै देउवा उनीसँग झर्किएका थिए। आफ्ना अति विश्वासिला नेता बालकृष्ण खाँणलाई जेल जानबाट रोक्न र जेल गए पनि निकाल्न नसकेकोमा देउवाले अत्यन्तै ‘गिल्टी फिल’ गरिरहेको उनी निकटहरू बताउँछन्।  

पछिल्ला समय गृहमन्त्री श्रेष्ठबाहेक कुनै मन्त्रीको कार्य सम्पादन राम्रो छैन। अर्का मन्त्री सुदन किरातीले केही काम गरे जस्तो देखिए पनि उनी विवादमा मात्रै परिरहे। दाहाल नेतृत्वको २५ सदस्यीय मन्त्रीको कार्यसम्पदान एकदमै कमजोर देखिएको छ। धेरै मन्त्री त गुमनाम नै भएका छन्। विदेश भ्रमण गर्ने र आफ्नो दुनो सोझ्याउनेमा नै उनीहरू तल्लीन छन्। कार्यसम्पादन कमजोर भएको निहुँ बनाएर मन्त्रीको सेट नै परिवर्तन गर्ने गृहकार्य अहिले भइरहेको छ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>