Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ कार्तिक ३० गते मङ्गलबार

‘पक्रन’ प्रहरी भित्रै षड्यन्त्र, प्रधानमन्त्री देउवाको हस्तक्षेपले  जोगिए

 काठमाण्डाै- नेपाल प्रहरिभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा फसाएर पक्राउ गरी वृत्ति विकास सिध्याइदिने प्रयास भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एआइजी पाललाई सर्लाहीको ‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा मुद्दा लगाउन खोजिएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा भारत भ्रमणमा जाने र त्यहीबीचमा निमित्त प्रमुखको जिम्मेवारी पाएका अधिकृतमार्फत यो ‘पक्राउ पुर्जी’ जारी गर्नेसम्मको तयारी भएको खुल्न आएको छ ।
प्रहरीमा दोस्रो वरीयताका पाललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी नदिई चौथो नम्बरका प्रद्युम्न कार्कीलाई तोकिएको थियो ।

नेपाल प्रहरीको सेवा अवधि बढाउने चर्चा चलिरहेका बेला पाललाई पक्राउ पुर्जी जारी गरी निलम्बनमा राख्न सके अन्य पदाधिकारीलाई सहज हुने ठानेर यस्तो षड्यन्त्र रचिएको चर्चा संगठनभित्र चलिरहेको छ । आइजिपी थापा, एआइजी पाल र प्रद्युम्न कार्की एउटै समूहमा भर्ना भए पनि पाल कार्कीभन्दा अगाडि एआइजी भएका थिए ।

बिहीबार महानिरीक्षक थापा भारत भ्रमणमा जाँदा मर्यादाक्रममा दोस्रो स्थानमा रहेका एआइजी पालले निमित्तको जिम्मेवारी पाउनुपथ्र्याे । पालले नपाए तेस्रो मर्यादाक्रममा रहेका निरजबहादुर शाहीले निमित्त आइजिपी पाउनुपर्नेमा चौथो मर्यादामा रहेका एआइजी कार्कीलाई सो जिम्मेवारी दिइएको थियो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पौडेलका आफन्तले ‘इन्काउन्टर फेक’ भएको भन्दै गत असोज १७ गते सर्लाही जिल्ला प्रहरी कार्यालयमा हत्यामा संलग्न रहेको आरोप लागेकाहरूविरुद्ध जाहेरी दिएका थिए ।

सो जाहेरीमा पालमाथि पनि छानबिन होस् भन्ने माग गरिएको छ । तर प्रहरीभित्रको आन्तरिक राजनीतिका कारण उनलाई कार्यकालअघि नै मुद्दा चलाएर हटाउने तयारीमा केही प्रहरी लागिपरेका थिए । उनीहरूले गृहमन्त्री बालकृष्ण खाँणलाई समेत भेटेर पालविरुद्ध मुद्दा चलाउनुपर्ने सुझाव दिएका थिए ।

तर प्रधानमन्त्री देउवाले यो विषयमा अहिले ध्यान दिनुनपर्ने भनेपछि मात्रै सो कार्य रोकिएको स्रोतको दाबी छ । ‘नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने विषयमा छलफल चलिरहेका बेला एआइजी पाललाई मुद्दा लगाई निलम्बनमा राख्न खोजिएको हो,’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित भएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>