Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
दार्चुला
२०७८ पुष १३ गते मङ्गलबार

माहाकालि नपा ४ का वडा अध्यक्षकाे सिकाे गर्दै जनप्रतिनिधिहरु ।
सामाग्रि बितरण गर्दै नगरप्रमुख भट्ट र अध्यक्ष जाेशी

महाकाली नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष पुष्करराज जोशीले वडा भित्र रहेका जेष्ठ आमा बुबालाई न्यानो लुगा वितरण गर्नु भएको छ । वडा भित्र बसोबास गर्दै आइरहनु भएका ६० वर्ष भन्दा माथीका अार्बिथिक रुपमा बिपन्न रहेका जेष्ठ आमा बुबालाई वडा अध्यक्ष जोशीले चिसो छल्न न्यानो लुगा तथा पौष्टिक तत्व पाइने खाने कुरा वितरण गर्नु भएको हो । वडा कार्यालयमा आज एक कार्यक्रमको आयोजना गरी उनिहरुलाई न्यानो लुगा तथा शक्ती बर्दधक खाने कुराहरु वितरण गरिएको उहाले बताउनुभयो ।         वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तरगत ४२ जना जेष्ठ आमा बुबाहरुलाई न्यानो लुगा वितरण गरिएको उहाले जानकारी दिनुभयो । अध्यक्ष जोशीले १६ जना पुरुष तथा २६ जना महिला जेष्ठ आमा बुबालाई न्यानो लुगा वितरण गर्नु भएको वडा कार्यालयले जनाएको छ । जेष्ठ आमा बुबालाई १ थान टोपी, १ थान पञ्जा, १ थान इनर सुट, २ जोर मोजा, १ प्याकेट मास्क, १ किलोग्राम च्यावन प्रास र १ प्याकेट काजु वितरण गरिएको वडा सचिव कम्मान सिंह कुवरले जानकारी दिनभयो ।  
   चिसोको समयमा जेष्ठ आमा बुबाहरुलाई न्यानो लुगाले न्यानो बनाइ राख्न तथा शक्ति बर्दधक खानेकुराले शक्ती प्रदान गरोस भन्ने उद्देश्यले न्यानो लुगा र शक्ति बर्दधक खाने कुराहरु वितरण गरिएको उहाले बताउनुभयो । वडा अध्यक्ष जोशीले जेष्ठ आमा बुबा प्रति राखेको माया र सदभावको निकै प्रसंसा गर्दै लाभग्राही जेष्ठ नागरिकले धन्यबाद र आर्शिवाद दिएका छन् । साथै जेष्ठ नागरिकले मेयर, उपमेयर र वडा अध्यक्षहरुलाई पुनः चुनाव जितेर आफुहरुको सेवामा फर्किन आग्रह गरेका छन् । आफुहरुको माया प्रेम र आर्शिवाद संधै रहिरहने भन्दै उहाहरुले चुनावका बेला खुलेरै सहयोग गर्ने पनि धारणा राखेका थिए । 
   वडा नम्बर ४ का वडा अध्यक्ष पुष्करराज जोशीको सिको गर्दै यस वर्ष महाकाली नगरपालिकाका सबै वडा अध्यक्षहरुले आ–आफ्नो वडा भित्र रहेका जेष्ठ आमाबुबाहरुलाई न्यानो लुगा र पासिलो खानेकुराहरु वितरण गर्ने योजना बनाएका छन् । केहि वडा कार्यालयहरुले वितरण गरिरहेका छन्, भने केहि वडा कार्यालयहरु वितरण गर्ने तयारीमा रहेको बुझिएको छ । न्यानो लुगा वितरण कार्यक्रममा नगर प्रमुख हंसराज भट्ट , जनप्रतिनिधि समेत स्थानियकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>