Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
कैलाली
२०७८ पुष १३ गते मङ्गलबार

गौरीगंगामा बजार अनुगमन, म्याद नाघेका कस्मेटिक बरामद तथा हाडवेयरका सामाग्री नष्ट

घनश्याम पैडेल - 
कैलाली, गौरीगंगा नगरपालिका १ चौमालामा संयुक्त बजार अनुगमन गरिएको छ ।  बजार अनुगमनको क्रममा चौमाला बजारका अधिकांश हाडवेयर पसलहरुमा म्याद नाघेका घर तथा झ्याल काठमा लगाउने पेन्ट/ रंग, फेब्रिकोल लगायतका सामाग्री फेला परेका  थिए । फेला परेका म्याद नाघेका सामान सरोकारवाला निकायको उपस्थितिमा सम्बन्धित व्यावसायीले नष्ट गरेका थिए । कस्मेटिक पसलबाट म्याद नाघेका क्रिम, सेनेटरी प्याड, मेहन्दी सैन्दर्यका सामाग्रीहरू बरामद गरी नष्ट गरिएको थियो । 
खाध्य किराना, होटल डेरी, मदिरा र मासु जन्य पसलमा केन्द्रित अनुगमन हुने गरेकोमा हाडवेयर र कस्मेटिक पसलमा समेत अनुगमन निरीक्षण गरिएको हो । 
 गौरीगंगा नगरपालिकाले  नगर भित्र संचालित पसल व्यवसायहरुको छड्के अनुगमन गर्ने तथा गुणस्तरीय सामानको उपलब्धताको सुनिश्चितता गर्न विभिन्न सरोकारवाला निकायको सहभागितामा बजार अनुगमन निरीक्षण गर्ने गरेको नगर बजार निरिक्षक लक्ष्मण राज जोशीले बताए । 
सरोकारवाला निकायले बेला बेलामा बजार अनुगमन निरीक्षण गर्दा व्यापार व्यवसाय सञ्चालनका क्रममा ध्यान नपुगेका विषय र गुणस्तरीय सामानको बिक्री वितरण र उपभोगमा सर्वसाधारण ठगिनबाट जोगिने व्यवसायीहरुले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>