कंचनपुर, कैलाली, डडेल्धुरा, दार्चुला, बैतडीसहित सुदूरपश्चिममा पुस १५ अर्थात पुसे त्यारलाई पर्वका रुपमा मनाउँदै सेल, पुरी, माणा, निस्वसे , फर्सि र तरुल जस्ता खानेकुरा खाएर सुदूरपश्चिमेलीहरु रमाइरहेका छन् । दार्चुला, बैतडी, बझाङ, डोटी, अछाम, बाजुरालगायत सुदूरपश्चिमभर मनाइने पुस १५ का दिन घरपरिवारका सदस्य एकै ठाउँमा जम्मा भएर मिठो मसिनो खाने र आईना बातै सुन्ने सुनाउने चलन छ ।
पुस १५ गतेका दिन तरुल, घ्यु, सेल, माणा र मासबाट बनाइएका बटुक खाएर घर परिवारका सदस्य जम्मा भएर आईना र बातै सुन्ने चलन रहेको स्थानीय संस्कृतिका जानकार लक्ष्मिदत्त जोशीले बताउनुभयो । पुस १५ को रातलाई पर्वका रुपमा मनाउने चलन रहे पनि पछिल्लो समय आईना र बातै (लोककथा) सुन्ने चलन हराउँदै गइरहेको उहाँले बताउनुभयो । पुस १५ को रात निकै लामो हुने मान्यताअनुसार पुस १५ गतेको दिन मीठो र तातो खानेकुरा खाएर रातभर आइना र बातै (लोक तथा दन्त्य कथा ) सुन्ने चलन रहेको छ । अाज साथिहरु बिच भेटघाट गर्ने रातभरि संगै बस्ने अागाे ताप्ने खाने नाच गान गरेर समेत मनाउन सुरु भएकाे देखिन्छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया