Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ पुष १६ गते शुक्रबार

माअाेवादिमा सहिद परिवारको असन्तुष्टि , ११ जनाले गरे पार्टी परित्याग

नेकपा माओवादी केन्द्रभित्र अागन्तुक माओवादी’ हाबी भएका र पुराना बलिदान गरेका कार्यकर्तालाई पाखा लगाइएको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा ११ जनाले पार्टि छाड ेक ा छन । माओवादी आन्दोलनमा छोरा गुमाएका शुक्लाफाँटा नगरपालिकाको ६ नम्बर वडा निवासीमा सहिद परिवार तथा नगर कमिटी सदस्य खडकसिंह साउँदसहित ११ जनाले पार्टी परित्याग गरेका छन् ।  साउँद लगायत ११ जनाले घरायसी कारणले पार्टी परित्याग गरेको बताए पनि पार्टीमा नयाँ मान्छे, नेताका वरिपरि घुम्ने, सामाजिक संजालमा ठूला माओवादी पल्टिनेहरू हाबी भएका र पुराना बलिदान गरेका नेता–कार्यकर्तालाई पाखा लगाइएको मा असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरिएको स्रोतले जनाएको छ ।

घरायसी कामले गर्दा पार्टीको कुनै पनि कामकाज गर्न नसक्ने भन्दै ११ जनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्र शुक्लाफाँटा नगर कमिटीका अध्यक्षलाई सामूहिक रूपमा राजीनामा बुझाउँदै ११ जनाले घरायसि कामकाजले गर्दा पार्टीको कुनै पनि कामकाज गर्न असमर्थ भएकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छौं ।’

माओवादी पार्टी परित्याग गर्नेहरूमा नगर कमिटी सदस्य खडकसिंह साउँद, नवलसिंह ऐर, बसन्ती साउँद, सरिता चन्द, राधिका चालिसे, हर्कसिंह धामी, जयबहादुर धानुक लगायत छन् । पूर्व वडाध्यक्ष गणेशबहादुर कार्की, पूर्व वडा सचिव मदनराज जोशी, कोषाध्यक्ष भवानीदत्त जोशी, वडा सदस्य देवदत्त जोशीले पनि पार्टी परित्याग गरेका छन् ।                                                        शुक्लाफाँटा नगर सम्मेलनको विवाद समेत अझै साम्य नभएको बेला नेता–कार्यकर्ता पार्टी परित्याग गर्न थालेका छन् । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>