Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ पुष १६ गते शुक्रबार

सुदूरपश्चिम बिश्वबिद्धालयमा तालाबन्दी कामकाज पुर्ण प्रभाबित


सुदूरपश्चिम बिश्वबिद्धालय केन्द्रीय कार्यालयमा तालाबन्दी भएकाे छ । लामाे समय बाट बिश्वबिद्धालय संग विभिन्न मागहरु राखेर अखिल क्रान्तिकारी अान्दाेनमा हुदा पनि मागहरु पूरा गर्न पदाधिकारि उदासिन भएकाे भन्दै शुक्रबार तालाबन्दी गरेकाे हाे ।
अखिल क्रान्तिकारीले भागबण्डाका अाधारमा छापामार शैलिमा कर्मचारि नियुक्ती गरेकाे यस्ले अार्थिक दुरुपयाेग हुने , खुला बिधिबाट सेवा अायाेग मार्फत दक्ष जनशक्ति भर्ना नगरेकाे, अाफ्ना नातागाेतालाइ केही महिनाका लागि करारमा राख्ने र अान्तरिक रुपमा स्थाइ गर्ने, अावश्यक भन्दा बढि पदाधिकारि राखेकाे विभिन्न संकायमा सहायक डिन, निर्देशकहरुका पदहरु सिर्जना गरि भर्ना गरेकाे, थाेरै बिध्यार्थि भएकाे बिश्वबिद्धालयमा परीक्षा नियन्त्रक बाहेक तीन अाेटा सम्म सह परीक्षा नियन्त्रक राखेकाे जस्ले अनावश्यक अार्थिक भार बढ्ने अाराेप संगठनकाे छ ।
भर्ना समय छाेट्याएर समयमै भर्ना थाल्नुपर्ने, प्रबेश परीक्षा शुल्क घटाउनु पर्ने,  बिश्वबिद्धालय र क्रान्तिकारीले बिच भएकाे सहमति कार्यान्वयन गर्नुपर्ने लगायतका मागहरु राखेर निरन्तर फ्लाेअपमा थियाे यती गर्दा पनि बिश्वबिध्याले कार्यान्वयन गर्न तर्फ ध्यान नदिएकाे भनेर आज तालाबन्दी गरेकाे संगठनका सुदूरपश्चिम बिश्वबिद्धालय राष्ट्रिय अध्यक्ष गणेशराज मिश्रले बताए ।
बिश्वबिध्यालय का रजिष्टार यज्ञराज पाठकले २ बर्षबाट कुनै कर्मचारि भर्ना नगरेकाे , अनावश्यक पदाधिकारि भर्ना नगरेकाे र अान्दाेलनरत पक्षसंग निरन्तर छलफलकाे प्रयासमा रहेकाे बताए । चरम राजनितिककरण का कारण बिश्वबिध्यालयमा लगातार एक पछि अर्काे तालाबन्दी हुँने गरेकाे छ । बिश्वबिद्धालयकाे केन्द्रीय कार्यालयमा तालाबन्दीका कारण पुर्ण रुपमा काम काज ठप्प भएकाे छ । तालाबन्दी कार्यक्रम मा संगठनका सह सचिव प्रेम परियार लगायत संगठनका नेताहरुकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>