Samriddhipost
२०८१ साउन १२ गते शनिबार
मसुरिया
२०८० माघ २४ गते बुधबार

गाैरिगंगा गाेल्डकप फागुन १९ बाट, स्पाेर्टस क्लवले सुरु गर्याे तयारिका काम

कैलालीको गौरीगङ्गामा फागुन १९ गते देखी गौरीगङ्गा गोल्ड कप सुरु हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै गौरीगङ्गा ११ स्पोर्टस क्लबले प्रतियोगिताको तयारी सुरु गरेको जनाएको छ । 

फागुन १९ गते देखी २८ गते सम्म हुने प्रतियोगिताको विजेताले ६ लाख सहित ट्रफि, मेडल पाउने छन् । त्यस्तै उपविजेताले ३ लाख ट्रफि, मेडल पाउने आयोजक गौरीगङ्गा ११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

उत्कृष्ट खेलाडीले ५० हजार ,प्रत्येक विधाका उत्कृष्ट खेलाडीलाई १५\१५ हजार पाउने र प्रत्येक खेलका उत्कृष्ट खेलाडीले ५ हजार पाउने अध्यक्ष कलेलले जानकारी दिए । 

उनले चौथो संस्करणको खेलको तयारी सुरु भएको जानकारी दिए । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० टिमले सहभागिता जनाउने छन् । प्रतियोगिता गौरीगङ्गाको लिक्मा खेलमैदानमा आयोजना हुने छ ।

 पत्रकार सम्मेलनमा अध्यक्ष कलेलले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेको बताएका थिए। गौरीगङ्गा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले खेलकुदको विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>