Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ कार्तिक ३० गते मङ्गलबार

चाेरिका सामान काे बिवरण खुल्याे

कञ्चनपुर: भारतबाट एक चोरको गिरोहले नगद बहुमुल्य सुन सहितका समान चोरी गरि नेपाल ल्याउने क्रममा पक्राउ परेका छन । नेपाल भारत दुवै देशका चोर गिरोहको समुहले बङलोरका एक भारतीय नागरिकको घरबाट चोरेर ल्याईरहेका नगद, सुन सहित दुईं नेपाली युवक पक्राउ परेका हुन । मंगलबार बिहान सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेलौरी नगरपालिका १ फटैयाबाट नगद सहित समान बरामद गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐरले भारतको बङलोरबाट नगद पैशा सहितका गरगहना चोरी गरि नेपाल ल्याएको भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले दिएको सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले बेलौरी नगरपालिका १ फटैयाका लालचन्द्र शाही(ठकुरी)को घरबाट नगद सहितका समान बरामद गरिएको बताए । ‘हामीलाई भारतबाट नगद सहितको समान चोरर नेपाल ल्याईरहेको सूचना आयो, ‘सशस्त्र प्रहरी उपरीक्षक ऐरले भने, ‘सयुक्त टोलीले घरबाट चोरीमा संलग्न दुई युवक सहित समान बरामद गरेका छौँ ।’ सशस्त्र प्रहरी निरीक्षक निम बहादुर भण्डारी र प्रहरी निरीक्षक कैलास सिह विष्टको संयुक्त टोलीले शाहीको घरबाट चोरी गरि ल्याएका समान बरामद गरेको छ । चोरीका संलग्न फटैयाका लालचन्द्र शाही(ठकुरी) र कैलाली लम्किचुवा नगरपालिका १का विष्नु शाहीलाई पक्राउ गरेको छ ।

उनीहरुले भारतबाट चोरी गरि ल्याएका समान समेत बरामद गरिएको छ । ४ लाख ३९ हजार भारतीय रुपैया, ४० हङकङ डलर, १ हजार २ सय ६० थाईल्याण्ड भाट, एक हजार ५ यूएई डलर, २ हजार ८ सय १० क्यानडियन डलर, २३ मलेसियन रिङगिट, १८ सिङगापुर डलर, १ कतार रियाल, १ सय ३० दुबई दिराम, १सय ६१ चाईना युवान बरामद गरिएको छ । सुनजस्तो देखिने पहिलो थातु बिना पत्थर ३७ तोला ११ आना, सुनजस्तो देखिने पहिलो थातु पत्थर सहित १२६ तोला २ आना, पत्थर एक हजार ९९८ ग्राम र ४ थान ल्याफटअफ बरामद गरिएको छ ।

बरामद गरिएको समान सशस्त्र प्रहरीले प्रहरीलाई बुझाएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताए । तर, कञ्चनपुरले प्रहरीले भने उक्त समान बारे प्रहरीलाई केही थाहा नभएको बताएको छ । सशस्त्र प्रहरीले बरामद गरेको समान नेपाल प्रहरीलाई बुझाएको संचारमाध्यम मार्फत जनाएपछि कञ्चनपुर प्रहरीले उक्त समानको विषयमा प्रहरीलाई केही थाहा नभएको र सशस्त्रलाई नै सोध्न जवाफ दिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>