Samriddhipost
२०८१ साउन १२ गते शनिबार
महेन्द्रनगर
२०८० फागुन १३ गते आइतबार

समाजवादी माेर्चाकाे जिल्ला कमिटि घाेषणा, यस्ताे छ कमिटी ।

समाजवादी मोर्चा नेपालले कञ्चनपुर जिल्ला कमिटी गठन गरेको छ । आइतबार महेन्द्रनगरमा भएको मोर्चा आबद्ध दलहरूको सन्देश सभाले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का केन्द्रीय सदस्य एवं कञ्चनपुर जिल्ला ईन्चार्ज विपी उपाध्याय (विराट सी) को संयोजकत्वमा मोर्चाको ८ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । 

मोर्चामा आबद्ध चार वटा दलहरूबाट दुई दुई जना प्रतिनिधि रहने गरी जिल्ला कमिटी गठन गरिएको बताइएको छ । जिल्ला कमिटीमा नेकपा माओवादी केन्द्रबाट अमिन दहित (सूर्य) र वीरेन्द्र राज बिष्ट, नेकपा एकीकृत समाजवादी पार्टीबाट हरिराम चौधरी र विष्ना पन्त (भट्ट), जनता समाजवादी पार्टीबाट सीता नागरी र राम कुमारी राना तथा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) बाट नन्द बहादुर बुढा (नन्द सी) चयन हुनु भएको छ ।

समाजवादी मोर्चाको सन्देश सभाका प्रमुख अतिथि समेत रहनु भएका नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य उर्वादत्त पन्तले मोर्चा गठन र उद्देश्यमाथि प्रकाश पार्दै निर्देशनात्मक मन्तव्य राख्नु भएको थियो । उहाँले अन्य मुलुकहरूले छिटो छिटो विकास गरिरहँदा नेपालमा वैदेशिक हस्तक्षेप र आन्तरिक राजनीतिक अयोग्यताकै कारण कमजोर भएको धारणा राख्नुभयो ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द विकले शोषित, पीडित वर्गको हितमा लाग्नु पर्ने कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगिसकेकोले अब वैज्ञानिक समाजवाद तर्फ केन्द्रित हुन आवश्यक रहेको बताउनु भयो । उहाँले रणनीति एउटै भए पनि कार्यनीति फरक भएकोले समाजवादी मोर्चाको आवश्यकता देखिएको सुनाउनु भयो । 

सो सन्देश सभाको अध्यक्षता समेत गर्नुभएका नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का केन्द्रीय सदस्य एवं कञ्चनपुर जिल्ला ईन्चार्ज विपी उपाध्याय (विराट सी) ले समाजवादी मोर्चा जनसरोकारका विषयमा निर्ममतापूर्वक अगाडि बढ्ने बताउनु भयो । उहाँले शान्तिपूर्ण ढङ्गबाट अगाडि बढेर समस्या समाधान गर्न दबाब दिने र समाधान नभए कडाइका साथ लाग्ने चेतावनी समेत दिनुभयो ।

असार ४ गतेका दिन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेतृत्वको भेलाले समाजवादी मोर्चा नेपाल घोषणा गरेको थियो । पछिल्लो समयमा प्रदेश, जिल्ला हुँदै नगर तथा गाउँसम्म समाजवादी मोर्चा गठन गर्ने कार्यले तीव्रता पाएको मोर्चा आबद्ध नेताहरूको भनाइ छ ।


#समाजवादी माेर्चा कंचनपुर

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>