Samriddhipost
२०८२ फागुन ०१ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन १६ गते बुधबार

वरिष्ठ देउडा अभियन्ता सुनामको निधन
फोटो सुजित रमेश सिनाल

वरिष्ठ देउडा अभियन्ता टेकबहादुर सुनामको निधन
 वरिष्ठ देउडा अभियन्ता संस्कृतीकर्मी टेकबहादुर सुनामको ८० वर्षको उमेरमा निधन भएको छ ।

दार्चुला महाकाली नगरपालिका वडा नम्वर ४ खलंगा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १८ जानकी टोलमा बसोबास गरिरहनु भएका देउडा सस्कृती संरक्षण प्रतिष्ठान शाखा कार्यालय दार्चुलाका अध्यक्ष सुनामको बुधवार निधन भएको हो ।

देउडा खेलमा पाराङगत, कुसल गितारुको रुपमा परिचित सुनामले जिल्लामा, जिल्ला बाहिर हुने प्रतियोगिता, राष्ट्रिय स्तरमा भएका देउडा खेलमा प्रथम स्थान हासिल गरी विभिन्न संघसंस्थाले सम्मान पनि गरेका थिए ।

आफैले १८ भन्दा बढी देउडा गितहरु लेखेर विभिन्न प्रतियोगितामा प्रथम स्थान हासिल गरेको उनका छोरा सन्तोष सुनामले जानकारी दिनु भयो । देउडा खेल हुने स्थानको जानकारी पायो भने जुनसुकै ठाँउमा पनि पुग्ने र प्रथम स्थान हासिल गर्ने गरेको उनका जेष्ठ छोरा दिवान सुनामले बताउनु भयो । उहाँले नेपालमा मात्र नभएर भारतका विभिन्न क्षेत्र जोलजिवी, लुहाघाँट, पिथौरागढ लगायतका ति क्षेत्रहरुमा आफनो देउडा गित मार्फत प्रशिद्धी कमाउनु भएको थियो । सामुदायिक रेडियोबाट प्रशारण हुने देउडा कार्यक्रममा नियमित सहभागी जनाउने उहाँलाई विभिन्न सञ्चार माधयमहरुले पनि सम्मान गरेका थिए ।

उहाँ नेपाल दलित संघको पूर्व जिल्ला अध्यक्ष, दार्चुलामा नेपाल रेडक्रस जिल्ला कार्य समिति सदस्य, सुकुम्बासी जिल्ला आयोग सदस्य लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेर काम गर्नु भएको थियो । पछिल्लो समय सामाजिक कार्यमा व्यस्त रहनु भएको सुनामको महेन्द्रनगरमा निधन भएको हो ।

 


#सुनामको निधन

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>