Samriddhipost
२०८१ जेठ ०५ गते शनिबार
महेन्द्रनगर
२०८० चैत २१ गते बुधबार

नाउपाअध्यक्ष श्रेष्ठले  प्रदेश सभा सदस्यलाई थाले कार्वाहि, लगाए ह्विप

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को विवाद चरम उत्कर्षमा पुगेको छ । नाउपाका नेता कार्यकर्ताहरू पार्टी अध्यक्ष रञ्जिता र पार्टी संरक्षक रेशमलाल चौधरीमा विभाजित भएका छन् ।
भोलि बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिन गइरहेका छन् । त्यसको पूर्व सन्ध्यामा नाउपाभित्र एकले अर्को पक्ष विरुद्ध खनिएका छन् ।
यसैबिच पार्टी अध्यक्ष श्रेष्ठले समानुपातिक सांसद समेत रहेकी राज्यमन्त्रीलाई कारबाही गरेकी छिन् । पार्टीको बैठकमा नआउने र पार्टीले सोधेको प्रश्नको जवाफ पनि नदिएको तथा विधानअनुसार नचलेको भन्दै उनलाई कारबाही गरिएको श्रेष्ठले बताएकी छिन् ।
कारबाही गरिएको सो पत्र आज प्रदेशसभामा दर्ता गरिएको छ । श्रेष्ठ पक्षधर मानिने टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले प्रदेशसभामा पत्र दर्ता गराएका हुन् ।
थारुलाई धनगढी विमानस्थलदेखि प्रदेशसभा सचिवालयसम्म प्रहरीले स्कर्टिङ गरेर ल्याएको थियो ।

यस्तै अध्यक्ष क्षेष्ठले प्रदेश सभा संसदिय दलकाे बिधान केन्द्रीय कमिटिबाट पास नभएकाे भन्दै प्रदेश सभामा ह्विप निर्देशन जारि गरेका छन । 

यस्ताे छ निर्देशन 


#नाउपा

प्रतिक्रिया