Samriddhipost
२०८३ भदौ २५ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ २५ गते बिहिबार

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय सभामा क्षमा मागेकी छिन्।

बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री गौतमले जेनजी  स्मृति दिवसका क्रममा दिएको अभिव्यक्तिप्रति माफी मागेकी हुन्।

राष्ट्रिय सभाका सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘मैले बोलेका तथ्यगत कुराले यहाँहरूको हृदयमा चोट पुगेको भए म क्षमाप्रार्थी छु।’ उनले आगामी दिनमा यस्ता विषयमा सतर्क हुने प्रतिबद्धता जनाइन्। 

यस्तै,  उनले भदौ २३ गतेको कार्यक्रममा राष्ट्रिय सभाले कानुन निर्माणका क्रममा असहयोग गरेको कुरा कतै पनि प्रयोग नगरेको दाबी गरिन्। 

‘जेनजी आन्दोलनका क्रममा उठेका कानुन निर्माण र संविधान संशोधनका विषयमा मैले तथ्यभन्दा बाहिर गएर केही बोलेकी छैन’, उनले भनिन्, ‘मैले राष्ट्रिय सभाले असहयोग गर्‍यो भन्ने शब्द कतै पनि प्रयोग गरेकी छैन।’

उनले प्रतिनिधि सभाले दुई तिहाइ मत दिए पनि कानुन निर्माणका लागि दुवै सदनको सहकार्य अनिवार्य रहेको बताउँदै सबै मिलेर कानुन निर्माणको प्रक्रियालाई गति दिनुपर्ने बताइन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>