Samriddhipost
२०८२ फागुन ०३ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख ११ गते मङ्गलबार

नगर दलित समन्वय समितिले दिए दोधारा चाँदनी नगरपालिकालाई आन्दोलनको चेतावनी

दोधारा चाँदनी नगरपालिकामा गठित नगर दलित समन्वय समितिले आफ्नो माँग पुरा नभए आन्दोलनको चेतावनी दिएको छ् । नगर दलित समन्वय समिति दोधारा चाँदनीले आफुले नगरपालिकामा पेश गरेको चालु आर्थिक वर्ष २०८०/०८१ को प्रस्तावना पत्रलाई सदर सहित सम्झौता नगरे चरणबद्धरुपमा आन्दोलन गर्ने चेतावनी दिएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रलाई नगर दलित समन्वय समितिको ध्यानआकर्षण पत्रमा उक्त चेतावनी दिएको हो । आज दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्रलाई नगर दलित समन्वय समितिको ध्यानआकर्षण पत्र बुझाउदै एथासिघ्र चालु आर्थिक वष २०८०/०८१ को प्रस्तावना पत्रलाई सदर सहित सम्झौता गर्न आग्रह गरिएको छ् ।

‘दोधारा चाँदनी नगरपालिकामा गठित नगर दलित समन्वय समितिले पेश गरेको प्रस्तावना पत्रलाई पास गरि एथासिघ्र कार्यक्रम संचालनको लागी सम्झौता गरिदिनहुन सादर अनुरोध गरिन्छ् । अन्यथा बिधिवतरुपमा गठित नगर दलित समन्वय समितिलाई वेवास्था गरेमा चरणबद्धरुपमा आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुनेछौ र आन्दोलनमा भएका सम्पुर्ण क्षती नगरपालिका स्वयम् जिम्मेवार हुने छ् ।’ नगर दलित समन्वय समिति दोधारा चाँदनीका अध्यक्ष पदम बहादुर सुनार र सचिव कमल सुनार हस्ताक्षरित ध्यानआकर्षण पत्रमा भनिएको छ् । नगर दलित समन्वय समिति दोधारा चाँदनीले केही दिन अघि दोधारा चाँदनी नगरपालिका कार्यपालिकामा पेश गरेको प्रस्तावना पत्रको छलफल संगै नगरपालिका कार्यपालिकाले दलित बजेट सम्बन्धी कार्यविधी बनाएर जाने भनेपछि नगर दलित समन्वय समिति दोधारा चाँदनीले दोधारा चाँदनी नगरपालिका कार्यालयलाई ध्यानआकर्षण पत्र बुझाएको नगर दलित समन्वय समिति श्रोतले बताएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>