Samriddhipost
२०८२ फागुन ०५ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ जेठ ०९ गते बुधबार

भिमदत्त १८ का ५० जना विद्यार्थी लाई कम्युटर तालिम दिदै वडा कार्यालय

खडक ब. काेली
भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालयले कम्प्युटर बेसिक कोर्स तालिम सञ्चालन गरेको छ।   कम्प्युटर बेसी कोर्स तालिम २०८० सालमा एस. ई ई. दिई बसेका ५० जना दलित, आदिवासी ,विपन्न गैरदलित विद्यार्थीहरुलाई तालिम दिन सुरु गरेक छन ।

१८ नम्बर वडाका वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले  एसइइको रिजल्ट आउने बीचको ग्याप समयको सदुपयोग हुने र बालबालिकाहरु देशका करुणाधार  भएकाले बालबालिकाहरुमा लगानी लगाइएको र अबका  दिनमा पनि किशोर किशोरीका लागि रचनात्मक किसिमका   कार्यक्रम गर्ने अध्यक्ष  देवकोटाले बताएका छन।

कम्प्युटर बेसिक कोर्सको तालिम उद्घघाटन समाराेहका प्रमुख अतिथि रहेका भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले अहिलेको डिजिटल जमानामा कम्प्युटरको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै कम्प्युटर सिक्ने बालबालिकाहरूलाई ध्यान लगाएर समयको सदुपयोग गर्नु सिकेको  ज्ञान, सिपलाई जीवनसँग जोड्नु पर्ने बताए। प्रमुख प्रशासकीय अधिकृत बमले आफूले १८ वर्षको उमेरमा जागिरे भएपछि कम्प्युटर सिकेको समेत स्मरण गराउँदै विद्यार्थीहरूलाई हौसला दिदै आफ्नो समयमा डिजिटलको विकास नभएको दुखेसाे समेत सनाए। विद्यार्थीहरूलाई  दैनिककक्षाकोठा उपस्थिति भई सिक्न र समय समयमा अनुगमन गरिने समेत बताएका छन्। उद्घघाटन कार्यक्रममा भीमदत्त नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य कमला देवकोटा, कार्यपालिका सदस्य सीता भण्डारी, सदस्यहरू पदमबहादुर चन्द, हेम बहादुर बस्नेत, रुपा जैरुकाे समेतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन भीमदत्त नगरपालिका १८ नम्बर वडाका वडा सचिव दिेनेश राज भट्टले  गरेको थिए। सचिव भट्टका अनुसार आर्थिक वर्ष २०८० /२०८१ को रु. २ लाख वडाको बजेटबाट   कम्प्युटर बेसी कोर्स सम्बन्धी तालिम सञ्चालन भएको  सचिव दिनेशराज भट्टले बताए। भीमदत्त नगरपालिका १८ नम्बर वडा कार्यालकाे आर्थिक सहयोगमासञ्चालन भएको तालिमको सहजीकरण  साक डिजिटल युनिभर्सिटीले गरेकाे छ भने प्रशिक्षक दोय, गणेश जोशी र जनक भट्ट रहेका छन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>