Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ जेठ १९ गते शनिबार

निड्स नेपाल द्वारा संचालित परियाेजनाकाे अनुगमन

Women`s Bank तथा FCA काे आर्थिक सहयाेगमा निड्स नेपाल द्वारा संचालित "दिगाे आम्दानी द्वारा महिला उद्यमिहरुकाे शसक्तिकरण परियाेजना" ले बेदकाेट नगरपालिका वडा ४ र ५ मा हालसम्म गरेका कामको अनुगमन प्रगतिको समीक्षा तथा सुधार गर्नुपर्ने क्षेत्रको समेत पहिचान प्रयोजनका गतिविधिहरु थप प्रभावकारी रूपमा सञ्चालन गर्न मिल अधिकृत सिर्जना जोशी, कार्यक्रम संयोजक हेमन्त कुमार शाही, अनुगमन तथा मूल्याङ्कन समिति संयोजक बिमला शाह, वेदकाेट नगरपालिका योजना अधिकृत अमर महरा, वडा ५ अध्यक्ष चित्रदेव भट्ट, नगरपालिका उपप्रमुख तुलसी जोशी, जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बाेहरा, निड्स नेपालकी अध्यक्ष दुर्गा खरेल लगायतको उपस्थितिमा अनुगमन कार्य सम्पन्न भएकाे छ । 

दुवै वडामा रहेका चारवटा टोल बैतडा, बगुन, धरमपुर र मुक्तिटोलमा रहेका विभिन्न कार्यक्रमहरूको अनुगमन भएको हो। अनुगमनमा रिफ्लेक्ट कक्षा, तरकारी खेती, कुखुरा पालन, बाख्रा पालन, बुटिक र नास्ता पसल संचालन ब्यावसायकाे अनुगमन भएको छ।
अनुगमनका क्रममा रिफ्लेक कक्षा बाट कुराकानी गर्न सक्ने, बाेल्न सक्ने, आफ्ना कुरा अरुलाई राख्न सक्ने, बाल बिवाह, लागुऔषध आदिका बारे छलफल गरेकाे बताएका छन । तरकारि खेति गरिरहेकि वडा ५ धरमपुरकि दुर्गा डगाैराले निड्स बाट समुहमा आबद्ध भएपछि तालिम, बीउ बिजन लगायत सामाग्रि पाएपछि तरकारि लगाउन सुरु गरेकाे । साे तरकारि बिक्रि गरि जिबिकापार्जन गर्न सकिनेे रहेछ भन्नेे लागेर अब ब्यक्तिगत रुपमै पनि तरकारि खेति गर्ने याेजना बनाएकाे  बताएकि छन । धरमपुरकै संगिता डगाैराले कुखुरा पालन गरेकि छन उनले पनि कुखुरा पालन तालिमका साथै चल्ला दाना दिने लगायत चार हजार बराबरकाे खाेर बनाउन सहयाेग समेत संस्था बाट पाएकाे र हाल २१ हजार बराबरकाे भाले र १२ सयकाे अण्डा बिक्रि गरेकाे बताईन समयमै बिक्रि गर्न सके राम्राे आम्दानी हुने समेत बताईन ।
यस्तै वडा ४ कि गंगा ओड्ले बाख्रा पालन सुरु गरेकि छन उनले पाएका २ बाख्रा बाट आफ्नाे भबिष्य देखेकि छन । एक छाेरि स्कुल पढाउदै गरेकि ओडका श्रीमान मानसिक रुपमा तनावग्रस्त  र जाडरक्सि काे कुलतमा परेकाेले आम्दानीकाे अर्काे श्राेत नभएकाेले, यिनै बाख्रा बाट राम्राे उत्पादन गरेर छाेरि पढाउन सकिने आशा गरेकि छन  । बैतडा टाेलकी नन्दा देबि खत्रीले संस्था  मार्फत खाजा नास्ता  बनाउने तालिम सहित २५ हजार बराबरकाे भाडा बर्तन सहयाेग प्राप्त गरेकाे बताउदै महेन्द्रनगरकाे मेलामा पसल चलाएकाे अनुभव सुनाईन ।  अहिले घरमै पसल राखेकि खत्रीले घरबाटै ब्यावसाय गरिरहेकाे बताएकी छन ।
अनुगमनमा गएकि नगरपालिका उप प्रमुख तुलसि जाेशीले लक्षित वर्गलाई शसक्तिकरण गर्न काम गरेकाे, समूह मार्फत माग गरे अनुसार काम गरेकाे देखिएकाे बताएकी छन । आफ्नाे नगरपालिकामा काम गरेर सहयाेग गरिदिएकामा धन्यवाद समेत ब्यक्त गरेकि छन । समन्वय समिति प्रमुख दुर्गादत्त बाेहराले अनुगमन गर्ने अवसर प्राप्त भएकाे बताउदै गैर सरकारि संस्थाले गर्न खाेजेकाे असल प्रयास छ । फिल्डमा अनुगमन गर्न जादा केही सकारात्मक सुझाव दिएकाे, आशा छ अर्काे चरणमा ती सुझाव कार्यान्वयन हुने विश्वास राख्दै गैर सरकारि संस्थाले राष्ट्र निर्माणमा आफ्नाे जुन भुमिका निर्वाह गरेका छन त्यस्काे जनप्रतिनिधि र समाजका सबै अंगले सहयाेग गर्नुपर्ने हुन्छ । सहि सुझाव दिएर निरन्तर अनुगमन गरिदिएर फिडब्याक दिएमा सहि परिणाम ल्याउछ भन्दै धन्यवाद समेत दिनु भएकाे छ ।


यस्तै निड्स नेपालकि अध्यक्ष दुर्गा खरेलले रिफ्लेक्ट कक्षा प्रतेक हप्ता चलिरहेकाे आर्थिक अभावका समुदाय भएका र नियमित काम गर्न जानुपर्ने बाध्यताले सबैले कक्षा लिन नसकेकाे, कक्षामा समाजमा आवश्यक शिक्षा दिईरहेकाे र तरकारि, कुखुरा, बाख्रा र नास्ता पसल संचालन गरेकाे देखियाे नगर उप प्रमुख र जिल्ला समन्वय समिति प्रमुख समेत साथमै रहेर अनुगमन गरि सुझाव दिदा थप सुधार गरेर लग्न सकिने र संस्थाकाे बजेटले भ्याए सम्म सहयाेग गर्ने बताउनु भएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>